काठमाडौं । चीनले बनाएका केही पूर्वधारले संसारको ध्यान तानेको छ । उसले निकै सुन्दर र अचम्म लाग्दा पूर्वधार बनाउँदै आएको छ ।
यही अवस्थामा चीनले संसारकै लामो समुद्री पुल बनाएको छ । जसको उद्घाटन यही महिना हुने बताएको छ ।
चीनले संसारकै लामो पुल निर्माण गरेको छ । जसले हङकङ, मकाओ र चीन जोड्ने छ । चीन अहिले धेरै मेगाप्रोजेक्टमा केन्द्रीत छ, जसले त्यहाँको सहरहरूलाई बदल्ने छ ।
एफपीका अनुसार यो चीनको सबैभन्दा महत्वकांक्षी मेगाप्रोजेक्ट हो । यो पुलले हङकङ, मकाओ र चीनको दक्षिणी सहर झुहाईलाई जोड्नेछ । यो पुलको लम्बाई ३४ माइल छ । यो संसारको सबैभन्दा लामो समुद्री पुल हो । हङकङ-झुहाई-मकाउ ब्रिज नामक यो परियोजनाले यस क्षेत्रमा यात्रा गर्न आधा समय कटौती गर्ने बताइएको छ ।
अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ । यो पुलमा ६ लेन र चार सुरूङ छन् ।
जसमा एक सुरूङ पानि मुनीबाट बनाइएको छ । चीनले यो पुल बनाउनका लागि चार कृति आइसल्याण्डसमेत निर्माण गरेको छ । यसलाई धेरैले इन्जिनियरिङ आश्चर्यसमेत भनेका छन् ।
यो पुल निर्माण गर्न ४ लाख २० हजार टन स्टिल प्रयोग गरिएको छ । जसले ६० वटा एफल टावर बनाउन सकिन्छ । पुलमा दैनिक चार हजार सवारी गुड्ने आशा गरिएको छ । जसमा १० मिनेटको अन्तरालमा यात्री बस कुद्नेछन् । पुलमा पैदल यात्रीले यात्रा गर्न पाउँदैन् ।
यो बस र कारका लागि मात्रै बनाइएको हो । यो पुलको आयु १२० बर्ष रहेको बताइएको छ । पुल १५ अर्ब अमेरिकी डलरको लागतमा निर्माण भएको हो ।
यो परियोजनाले महँगो मूल्य, निर्माणमा ढिलाई, भ्रष्टाचार, कामदारको सुरक्षा लगायतका विषयमा विवाद खेपेको छ ।
पुल निर्माणका क्रममा २ कामदारको मृत्यु भएको थियो र, १९ जना गम्भिर घाइते भए । यसको निर्माण कार्य सात बर्षमा सम्पन्न भएको हो । चीनले यस अघि नै दोस्रो लामो समुद्री पुल निर्माण गरिसकेको छ ।
जुन २६.३ माइल लामो छ । यो परियोजना २०११ मा सम्पन्न भएको थियो । १.५ विलियन डलरमा निर्माण भएको यो पुलले पूर्वी तटिय शहर किङदाओ र हुआङदाओलाई जोड्छ । चीनले अर्को महत्वकांक्षी योजना २ हजार १८० माइल लामो उच्च गतीको रेल्वे लाइन २०१९ सम्ममा बनाइसक्ने छ ।
A cross-sea bridge that broke the record as world’s longest of its kind. Hangzhou Bay Bridge, launched 10 years ago, has helped boost economic integration in a bustling region in E China pic.twitter.com/LTIj0XFqq8
— China Xinhua News (@XHNews) May 1, 2018