काठमाडौं । ड्रिम्स मर्चेन्ट नेपालको आयोजनामा चौथो ग्राण्ड अटोकप फुटसलमा सहभागी टिमको लिस्ट तयार भएको छ ।
जेठ २४ र २५ गते नेशनल स्पोर्टस सेन्टर च्यासलमा उक्त फुटसलमा टुनामेन्ट हुने छ । उक्त प्रतियोगितामा १२ अटोमोवाइल बिक्रेता कम्पनीले सहभागिता जनाएका छन् । ४ ग्रुपमा बिभाजन गरेर सन्चालन हुने यो टुनामेन्टमा ‘ग्रुप ए’ मा निसान, टिभिएस र सुवारुले प्रतिस्प्रर्धा गर्नेछन् ।
त्यसैगरी ‘ग्रुप बी’ मा महिन्द्रा, रेनो र सुजुुकि टु ह्युलर्सबीच प्रतिस्प्रर्धा हुने छ ।
त्यस्तै ‘ग्रुप सी’ मा फक्सवागेन, फोर्ड र जेसीबीबीच प्रतिस्पर्धा हुनेछ ।
साथै समुह डि अन्तर्गत असोक लेल्यान्ड, रनर र सुजुकी फोर ह्युलर्सबीच प्रतिस्प्रर्धा हुने भएको छ ।
लिग नियमका आधारमा खेलाइने यस टुनामेन्टमा ग्रुप ए को बिजेता र ग्रुप सि को बिजेता सेमिफाइनलमा प्रतिस्प्रर्धा गर्ने छन भने, ग्रुप बि र ग्रुप डि को बिजेता बिच प्रतिस्प्रर्धा हुने छ ।
सेमिफाइनलमा पराजित हुने दुइ टिम तेस्रो स्थानका लागी खेल्नेछन् भने दुइ बिजेता टोली बीच फाइनल भिडन्त हुने छ ।
११ बजेदेखी सुरु हुने यस टुनामेन्ट ४ः३० बजे फाइनल खेल हुने छ ।
बिजेता तथा सहभागिहरुलाई शुक्रबार ६ बजे समापन कार्यक्रम गरेर मेडल, सिल्ड तथा सर्टिफिकेट प्रदान गरिनेछ । गत वर्षको संस्करणमा महिन्द्रा बिजेता तथा स्कोडा उपबिजेता रहेको थियो ।
उक्त टुनामेन्टमा मेरोअटो डटकम अफिसियल अनलाइन मिडिया पार्टनर रहेको छ ।

