काठमाडौं । जीप रेनगेड फेसलिप्ट भारतीय बजारमा आज जुन ६ अर्थात् जेठ २३ गते सार्वजनिक हुँदैछ । बिभिन्न मिडिया रिपोर्ट अनुसार २.० लिटर सेग्मेन्टको फोर सिलिन्डर युक्त यो कारमा पेट्रोल ४८ भि माइल्ड हाइब्रिड भर्सन दिइएको छ ।
यसमा ६.५ इन्च इन्फोटोन्मेन्ट स्क्रिन दिइएको छ भने, कारको एक्सटिरियरमा एलइडी डे टाइम रनिंङ लाइट दिइएको छ ।
नयाँ मोडलमा ४८ भि माइल्ड हाइब्रिड सिस्टम सहितको २.० लिटर क्षमताको ४ सिलिन्डर टर्बाे पेट्रोल इन्जिन राखिएको छ । २०१८ मा आयोजित दिल्ली मोटर शोमा जीपको अपडेटेड मोडलबारे जानकारी गराइएको थियो ।
जिपको सबैभन्दा सानो एसयुवी रेनगेड भारतमा निर्माण हुने छ । रेनगेडमा १४०एचपी २.० लिटर डिजेल तथा १.४ लिटर टर्बाे पेट्रोल इन्जिन दिइने छ ।
यसमा २ ह्वील ड्राइभको साथै फोर ह्वील अप्शन दिइने कम्पनीले जनाएको छ ।
भारतीय अटो बजारमा यस्को प्रतिस्पर्धा हुन्डाइको क्रेटासँग हुने जनाइएको छ । यसको मुल्य बारे कुनै जानकारी दिइएको छैन ।

