काठमाडौं । बिरगंज भन्सार कार्यालयले ५१ थान बजाजको अटो रिक्सा लिलामीमा राखेको छ । कार्यालयले विभिन्न माध्यमबाट चोरी निकासी÷पैठारी भएर आएका तीन पाङ्ग्रे सवारीसाधन लिलाम बिक्रीमा निकालेको हो ।
भन्सार कार्यालयले यी रिक्सा जुन अवस्थामा छन्, त्यहि अवस्थामा खरिद बिक्री गर्न इच्छुक ब्यक्ति, फर्म वा संघ–संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र गोप्य सिलबन्दी बोलपत्र दाखिला गर्न भनिएको छ ।
७० हजारदेखि ९० हजार रुपैयाँसम्म मूल्य तोकिएको यी रिक्सा खरिद गर्न चाहनेले १० प्रतिशतले हुन आउने रकम एभरेष्ट «बैंकमा रहेको कार्यालयको खाता नम्बर ०१५००१०५२०००६८ मा दाखिला गरी सोको सक्कल भौचर बोलपत्रको साथमा पेश गर्नु पर्नेछ ।
उक्त सुचना कार्यालयले मंसिर २५ गते प्रकाशित गरेको हो ।



