काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वैकल्पिक ऊर्जाको माध्यमबाट नेपालको अटो क्षेत्र आशालाग्दो बनाउन सकिने बताएका छन् ।
मेरोअटोले बुधबार आयोजना गरेको ‘अटोमोटिभ कनक्लेभ २०८१’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको अटो क्षेत्र बामे सर्दै गरेकाले अझै थुप्रै काम गर्न बाँकी रहको बताए । ‘निजी क्षेत्रले अटोक्षेत्रको नीतिहरु माग गरेका छन् । सरकारसँग माग गर्नु, सुझाव दिने काम सकरात्मक छ,’ उनले भने, ‘सरकारले सुझावहरू समेट्दै नीति बनाउँदै आएको छ । आगामी दिनमा पनि जारी राख्छ ।’
उनले सार्वजनिक सवारीमा सरकारले लगानी गर्दा निजी क्षेत्र प्रोत्साहन नहुने र निजी क्षेत्रले लगानी गर्दा राज्यको उपस्थिति नदेखिएकाे भन्ने भाष्य नबाउन आग्रह गरे ।