काठमाडौं । बजाज अटोले ११० सीसी मोटरसाइकलमा एबीएस फिचर भएको मोटरसाइकल ल्याएको छ । कम्पनीले बजाज प्लाटीना ११० एबीएस भर्सनको विक्री सुरु गरेको हो ।
कम्नपीले केही समय अगाडि भारतीय बजारमा सार्वजनिक गरेको यो मोटरसाइकलको विक्री सुरु गरेको हो । कम्पनीले प्लाटीना ११० कम्यूटर मोटरसाइकलमा एबीएस फिचर थप गरेर ल्याएको हो ।
कम्पनीले ७२ हजार २२४ भारतीय रुपैयाँ एक्स शोरुम मूल्य तोकेर प्लाटीना एबीएस विक्री सुरु गरेको हो । योसँगै प्लाटीना सेग्मेन्टमै पहिलो एबीएस भएको मोटरसाइकल भएको हो ।
एबीएसका साथै प्लाटीना ११० मा अन्य फिचर थप गरेर ल्याएको छ । यसका कम्पनीले डिजिटल स्पीडोमिटर दिएको छ । सेग्मेन्टमै पहिलो गियर इन्डिकेटर भएको मोटरसाइकल प्लाटीना बनेको छ ।
बजाज प्लाटीन ११० मा ११५ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८.४४ बीएच पावर र ९.८१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स उपलब्ध छ ।

प्लाटीना मोटरसाइकलले हिरो स्प्लेन्डर प्लस, होन्डा सीडी ११० ड्रिम जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । बजाज प्लाटीना ११० भारतीय बजारमा सबैभन्दा धेरै विक्री हुने बजाजको मोटरसाइकलमा पर्छ । एबीएच फिचर थप भएर आए पश्चात् यसको विक्री अझै बढ्ने अनुमान गरिएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा डबल स्प्रीङ निट्रोक्स सस्पेन्सन दिइएको छ । कम्पनीले यसमा हलोजिन हेडल्याम्पका साथमा एलइडी डिआरएल लाइट उपलब्ध छ । बजाजले प्लाटीनमा ११ लिटर क्षमताको इन्धन ट्याङक दिइएको छ ।

