चिनियाँ सीमानाका कोरला पुग्ने पहिलो इलेक्ट्रीक स्कुटर बन्यो बजाज चेतक

काठमाडौं । बजाज चेतक (३५०१) ईभी स्कुटर चिनियाँ सीमानाका कोरला सीमासम्म पुग्न सफल भएको छ ।

चेतक ४ हजार ६६० मिटरको उचाइमा रहेको कोरला नाकासम्म पुग्ने पहिलो इलेक्ट्रीक ‘टु ह्वीलर्स’ सवारी बनेको कम्पनीको दाबी छ ।

कोरलासम्म ईभी स्कुटर पुगेपछि बजाज चेतकले ‘लाइफप्रुफ’ ब्राण्डको पहिचानलाई थप बलियो बनाएको कम्नीको भनाइ छ ।

उक्त यात्रा नेपालको कठिन भौगोलिक क्षेत्रहरूमा चेतकको ‘हाइअल्टिच्युड एन्ड्युरेन्स’ परीक्षण अन्तर्गत गरिएको थियो । ‘हाइअल्टिच्युड एन्ड्युरेन्स’ परीक्षणमा सफल हुदैँ कोरलामा ईभी पुगेपछि नेपालको ईभी इतिहासमा एक ऐतिहासिक उपलब्धि भएको हो । चेतक ईभीको साहसी प्रयासले नेपालमा ईभीको भविष्यमा नयाँ सम्भावनाहरूको ढोका खोलेको छ ।

सो उपलब्धिले शहरीदेखि पहाडी भूभागसम्म वास्तविक जीवनको यात्रा गर्नमा ईभी स्कुटले सक्षम रुपमा साथ दिने सवारीका रुपमा हेरिएको छ । बजाज चेतक एक उन्नत इलेक्ट्रीक स्कुटर हो । जुन शहरी सडकदेखि कठिन भौगोलिक क्षेत्रसम्म सहज यात्रा गर्न डिजाइन गरिएको छ ।

कठिन वातावरणका लागि निर्माण गरिएको आइपी ६७ प्रमाणित सम्पूर्ण मेटल बडी छ । यसमा ३.५ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा १५३ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

चेतकमा रहेको ५ इन्च टीएफटी टचस्क्रीन डिस्प्लेले स्मार्ट नेभिगेसन, म्युजिक कन्ट्रोल र डक्युमेन्ट एक्सेस प्रदान गर्दछ । यसमा जियो–फेन्सिङ, एक्सिडेन्ट डिटेक्सन र एन्टी-ठेफ्ट प्रोटेक्सन जस्ता सुविधा छन् ।

चेतकमा ३५ लिटर अन्डरसिट स्टोरेज छ । यो फाष्ट चार्जरबाट केबल ३ घण्टामा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।


Back_to_top