स्टल घुम्नेले सित्तैमा एथर रिज्टा पाउने

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा एथर इलेक्ट्रीक स्कुटरको स्टल अवलोकन गर्नेले बम्परमा रिज्टा स्कुटर पाउने भएका छन् ।

नेपालका लागि एथरको आधिकारिक बिक्रेता वैद्यज इनर्जीले अवलोकनकर्ता मध्ये एक जनालाई बम्परमा रिज्टा स्कुटर दिने भएको हो ।

कम्पनीका अनुसार स्कुटर पाउनका लागि अवलोकनकर्ताले एथरमा स्टलमा गई नाम टिपाउनुपर्नेछ । साउन २१ देखि २५ गतेसम्म रजिस्ट्रशन गर्नेलाई लक्की ड्रमा समावेश गरिने कम्पनीले जनाएको छ ।

एथरले रिज्टा स्कुटर गत साता मात्रै नेपाली बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ तोकेको छ ।

नेपाली बजारमा रिज्टाको टप भेरियन्ट उपलब्ध छ । यसमा ३.७ किलोवाट ब्याट्री छ । यो स्कुटरले एक पटकको फुल चार्जमा १२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठूलो सिट दिएको छ । एथर रिज्टामा दुई राइड मोड दिइएको छ । जसमा जिप र स्मार्ट मोड रहेको छ ।

यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, नयाँ सिंगल सबफ्रेम, लोअर सीट हाइट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३४ लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।

यो स्कुटरले बजाज चेतकसँग प्रतिस्पर्धा गर्नेछ । निकट भविष्यमै कम्पनीले यसको सस्तो भेरियन्ट समेत बजारमा ल्याउने कम्पनीले बताएको छ ।


Back_to_top