काठमाडौं । बजाज चेतक ईभीको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ सुरू भएको छ ।
चेतकको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले आइतबारदेखि नक्सालको बाइकर्स क्याफेमा उक्त एक्सचेन्ज क्याम्प सुरू गरेको हो ।
२८ गतेसम्म संचालन हुने यो क्याम्प हरेक दिन बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म हुनेछ ।
यस क्याम्पमा ग्राहले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो दुईपाँग्रे सवारी साधन इलेक्ट्रीक चेतक ईभीमा अपग्रेड गर्न सक्नेछन् ।
ग्राहकले पुराना दुईपाँग्रे सवारी साधन उच्चतम मूल्यांकन, फ्री एक्सेसरिज, नागरिकताकै भरमा अन-द-स्पट फाइनान्सिङ र प्रत्येक टेस्ट राइडमा फ्री कफी जस्ता सुविधाहरू प्रदान गरिनेछन् ।
ग्राहकको अनुभवलाई थप रमाइलो बनाउन नयाँ चेतकको खरिदमा बाइकर्स क्याफेमा कपल्स लन्च पनि प्राप्त गर्नेछन् ।
चेतक ईभीले सदाबहार डिजाइन र आधुनिक प्रविधिको संयोजन गर्दै पर्फर्मेन्स, स्टाइल र दिगोपनको उत्कृष्ट मिश्रण प्रदान गर्दछ ।
’ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ केबल एक्सचेन्ज कार्यक्रम मात्र नभई यो स्मार्ट मोबिलिटी अपनाउने अवसर रहेको कम्पनीले जनाएको छ ।
‘चेतक ईभीले नवप्रवर्तन, विश्वसनीयता र आधुनिक राइडरको बोल्ड भावना प्रस्तुत गर्दछ, जुन नेपालका बदलिँदै गरेका सडकका लागि उपयुक्त छ,’ गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छाले भने ।
बजाज चेतक ३५०१ शहरका सडक र दुर्गम भूभाग दुवैका लागि निर्मित एक उन्नत विद्युतीय स्कुटर हो । यसले एकपटकको फुलचार्जमा १५३ किलोमिटरको रेन्ज दिन्छ ।
यसको आइपी ६४ रेटेड अल मेटल बडीले सबै मौसमी अवस्थामा स्थायित्व सुनिश्चित गर्दछ । साथै, ५ इन्च टीएफटी टचस्क्रिन डिस्प्लेले स्मार्ट नेभिगेसन, म्युजिक कन्ट्रोल र डक्युमेन्ट एक्सेस प्रदान गर्दछ ।
यसमा जियो-फेन्सिङ, एक्सिडेन्ट डिटेक्सन र एन्टी-थेफ्ट प्रोटेक्सन जस्ता सुविधाहरूको साथ सुरक्षा बढाइएको छ । ३५ लिटर अन्डरसिट स्टोरेज क्षमता भएको यो स्कुटर ३ घण्टामा ० देखि ८० प्रतिशतसम्म चार्ज हुनछ ।


