बजाजको इलेक्ट्रीक स्कुटर सार्वजनिक, यस्तो छ मूल्य

बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर चेतकलाई भारतीय बजारमा सार्वजनिक गरेको छ। कम्पनीले आजबाट यसको बिक्री सुरु गर्न भएको हो ।

करिब १४ वर्षपछि बजाजले स्कुटर उत्पादन गरेर पुनः स्कुटर बजारमा पाइला राखेको हो । कम्पनीले ल्याएको पहिलो इलेक्ट्रीक स्कुटर चेतकमा राउन्ड हेडल्याम्पसँगै हर्ष सुज सेप एलइडी डिआरएलएस ल्याम्प दिएको छ । यसमा, एप्रोन माउन्टेड एलइडी साइड टर्न इन्डिकेटर लगाइएको छ भने, फक्स एयरभेन्ट जोडिएको छ ।

यसमा उपलब्ध राउन्ड सेपको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई स्कुटरको अवस्थाबारे सूचना दिने गर्छ । यसमा स्प्लिट स्टाइल एलइडी टेलल्याम्प र इन्स्ट्रुमेन्ट क्लस्टरमा ब्ल्युटुथ कनेक्टीभिटीको फिचर दिइएको छ ।

चालकले आफ्नो स्मार्टफोनमा स्कुटर नेक्ट एप जोड्न सक्ने छन् । यसले, मोबाइलमा आएको कल, म्यासेज नोटिफिकेशन, टर्न वाइ टर्न नोटिफकेशन डिस्प्लेमा देखाउने गर्छ ।

स्कुटरमा रहेको इन्स्ट्रुमेन्ट क्लस्टरको डिप्लेमा ब्याट्री रेन्ज, स्पीड, सर्भिस इन्डिकेटर र टाइमको सूचना देखापर्छ । साथै, स्कुटरमा प्रिमियम लुकिङको ब्याक लिट स्विच गियरको विशेषता दिइएको छ ।

सिंगल पिश सिट लगाइएको चेतक स्टाइलिस लुक्समा आएको छ । यसमा उपलब्ध पिलिन सिटले राइडरलाई सजिलो बनाउँछ । यसमा लामो साइजको फुट बोर्ड लगाइएको छ भने फ्रन्ट साइडमा एप्रोन जोडिएको छ ।

चेतकको फ्रन्ट साइडमा सिंगल साइडेड टेलिस्कोपिक सेटअप र रियरमा सिंगल साइडेड स्प्रिंग सेटअप दिइएको छ । फ्रन्ट साइडमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक लगाइएको उक्त स्कुटरमा चालकको सुरक्षाको लागि सीबीएसको फिचर दिइएको छ ।

यसमा १२ इन्चको एमआरएफ ज्यापर के अलोय ह्वील लगाइएको कम्पनीले जनाएको छ ।

बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटरलाई ब्ल्यु, रेड, ह्वाइट, सिल्भर, बेज र ब्ल्याकगरि ६ कलर अप्सनमा उपलब्ध गराउने छ ।

कम्पनीले हालसम्म चेतकमा ४ किलोवाटको इलेक्ट्रीक मोटर लगाएको छ । साथै, यसमा वाटर र डस्ट प्रुफ आइपी ६७ ब्याट्री प्याक लगाइएको छ । ५-१५ एम्पीयर विद्युत क्षमता भएको हाउस होल्ड चार्जरबाट ब्याट्री चार्जगर्न सकिने कम्पनीले जनाएको छ । यसले एक पटकको चार्जमा ९५ किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने बताइएको छ ।

मूल्य

कम्पनीले यसको सुरुवाती मूल्य १ लाख भारतीय रुपैयाँ निर्धारण गरेको छ भने टप भेरियन्टको मूल्य १ लाख १५ हजार भारु निर्धारण गरेएको छ ।


Back_to_top