नेपाल नआउँदै महंगो भयो ‘बजाज चेतक’

काठमाडौं । बाजज चेतकको मूल्यमा भारी वृद्धि भएको छ । भारतीय बजारमा विक्री हुँदै आएको बजाजको पहिलो इलेक्ट्रीक स्कुटर चेतकको मूल्य १३ हजार भारतीय रुपैयाँले वृद्धि भएको हो ।

बजाजले यसअघि चेतकको मूल्य १ लाख ४१ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको थियो भने नयाँ मूल्य १ लाख ५४ हजार भारतीय रुपैयाँ बनाएको हो । बजाजले हालसम्म १४ हजार यूनिट चेतक विक्री गरिसकेको छ । अहिले पनि १६ हजार ग्राहक बुकिङ गरेर बसेका छन् ।

बजार माग बढ्दै गएपछि बजाजले आफ्नो उत्पादन क्षमता वृद्धि गरिसकेको छ । कम्पनीले पुणेमा रहको प्लान्टमा बार्षिक ५ लाख यूनिटसम्म इलेक्ट्रीक स्कुटर उत्पादन क्षमतामा स्तरोन्नती गरेको हो ।

कम्पनीले चेतकका अलावा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनि गर्ने तयारी गरि रहेको छ । केही समय अगाडि कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटर परिक्षण गरिरहेको तस्बीर बाहिर आएको थियो ।

यस्तो छ चेतक इलेक्ट्रीक

चेतकमा ३.८ किलोवाटको इलेक्ट्रीक मोटरका साथै ३ किलोवाट आवरको लिथियम आयन ब्याट्री लगाइएको छ । यो मोटरले १६ एनएम टर्क जेनेरेट गर्छ भने यो स्कुटरलाई एक पटक फुलचार्ज गर्न ५ घन्टा समय लाग्छ ।

बजाज चेतक इको तथा पावर गरी दुई मोडमा चलाउन सकिन्छ भने यसले एक पटक फुलर्चाज गर्दा ८५ देखि ९० किलोमिटर रेन्ज दिन्छ ।

नेपाल ल्याउने तयारी

नेपाल सरकारले विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने कम्पनीलाई भन्सार सहुलियत दिने घोषणा गरेको छ । यसले बजाजको नयाँ इलेक्ट्रीक स्कुटर चाँडै नेपालमा नै एसेम्बल हुन सक्ने देखिन्छ ।

बजाज अटोको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाचन्द एण्ड कम्पनी प्रालिले चेतक स्कुटर नेपालमा नै एसेम्वल गर्नेछ । सन् २०२२ को अन्त्यसम्ममा नेपालमा बजाज चेतक सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । अहिले पनि हुलास अटो क्राफ्टले बजाजका मोटरसाइकल नेपालमा नै एसेम्बल गर्दै आएको छ ।


Back_to_top