काठमाडौं । अहिले वर्षातको समयमा कतै पहिरो, कतै बाढी आएर जनजीवन अस्थब्यस्थ बनेका समाचारहरु आउने गरेका छन् । त्यसमा पनि हाइवेमा सवारीसाधनमा यात्रा गर्ने जो कोही प्रकृतिक विपत्तीको कारण रोकिनु पर्दा हुने पीडा निकै कष्टकर हुन्छ ।
त्यसैले लामो यात्रामा निस्कनुअघि आफु जाने स्थानको मौसम लगायतका कुराको जानकारी लिन चाहनुहुन्छ भने ११५५ मा कल गरेर जानसक्नु हुन्छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोधपुछ गर्ने र सहि सुचना प्रबाह गर्न हटलाइन नम्बर संचालनमा ल्याएको हो ।
प्राधिकरणले ‘विपद बारे चासो राखौँ, चनाखो बनौँ’ भन्ने नाराको साथ यो सुविधा सुरु गरेको हो ।

यस नम्बरमा निःशुल्क फोन गरेर हरेक गाउँ ठाउँको मौसमको अवस्थाको बारेमा जानकारी लिन सकिनेछ । मौसमसँगै खहरे खोला, नदी बढेको बारेमा समेत जानकारी पाउने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
यसरी सूचना पाएसँगै त्यसै अनुसार आफ्नो यात्रालाई सुरक्षित बनाउन सकिन्छ । बर्खामा बाढी पहिरो धेरै जाने भएकाले विशेष गरी लामो यात्रामा जाने यात्रुहरुका लागि यो सुविधा उपयुक्त हुने देखिन्छ ।

