बजाजले भारतमा बाइकको मूल्य घटायो, के नेपालमा पनि घट्ला ?

काठमाडौं । बजाज अटो कम्पनीले एन्ट्री लेभलको मोटरसाइकल ‘बजाज सिटी १००’को मूल्य घटाएको छ । 

बजाजले बजाज सिटी १००को बजारमूल्य ३० हजार ७ सय १४ रुपैंयाँ तोकेको छ । कम्पनीले टिभिएस एक्सएल १०० मोपेडको मुल्यभन्दा पनि कममा सिटी १०० बेच्ने निर्णय गरेको हो । 

बजाज अटोको फाइनान्सका अनुसार सिटी १००को मुल्य ३ हजार देखि ३५ सयको दरमा घटाएको हो । बजारमा अप्रिल महिनासम्मको बिक्रीको आधारमा बजाज सिटी १०० नवौं स्थानमा रहेको छ । 

९९ सीसी इन्जिन क्षमताको फोर स्ट्रोक इन्जिन रहेको यस बाइकले ८.१ बिएचपी पावर तथा ८.०५ एनएम टर्क उत्पादन गर्छ । 


Back_to_top