बजाज डोमिनार २५० केहि दिन भित्रै विक्री सुरु हुने, यस्तो हुन सक्छ मूल्य

काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले डोमिनार २५० नेपालमा सार्वजनिक गर्ने भएको छ । नेपाली बजारमा बजाजको बहुप्रतिक्षित मोटरसाइकल डोमिनार २५० अबको केहि दिन भित्रै सार्वजनिक गर्ने तयारीमा कम्पनी लागेको हो ।

कम्पनी स्रोतका अनुसार पुस महिना भित्र नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । बजाज डोमिनार बीएस ४ इन्जिनमा नेपाल आउने समेत कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दियो ।

बजाज डोमिनार २५० को मूल्य ४ लाख ५० हजारदेखि ४ लाख ८० हजार रुपैयाँको बीचमा रहने अनुमान गरिएको छ । यद्यपी कम्पनीले यसको पुस्टी भने गरेको छैन ।

२५० सीसी सेग्मेन्टमा आउने यो मोटरसाइकलमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन दिइएको छ ।

उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।

बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध हुने छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।


Back_to_top