काठमाडौंको भृकुटीमण्डपमा बजाजको एक्सचेन्ज मेला, एभेन्जरको मूल्य पनि वृद्धि

काठमाडौं । बजाजको एक्सचेन्ज महा मेला सुरु भएको छ । बुधबारदेखि कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा एक्सचेन्ज महा मेला अयोजना संचालन गरेको हो ।

बजाज मोटरसाइकलको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा एक्सचेन्ज महा मेला आयोजना गरेको हो । यो मेला जेठ १८ गतेदेखि २४ गतेसम्म संचलान हुने कम्पनीले जनाएको छ ।

बजाज एक्सचेन्ज महा मेलामा ग्राहकले कुनै पनि ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग बजाजको नयाँ मोटरसाइकल एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकले पुराना मोटरसाइकल तथा स्कुटरमा बजार मूल्याङ्कनमा १० हजार थप रकम प्राप्त गर्नेछन् ।

यस्तै नगदमा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले नगद १० हजार छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै ग्राहकले यो एक्सचेन्ज महा मेलामा ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

त्यस्तै यो मेलामा सहभागी भएर ग्राहकले निःशुल्क मोटरसाइकल चेकअप क्याम्प, फ्रि एशोसिरज, एकै स्थानमा १८ भन्दा धेरै भ्यालुएटर, टेष्ट राइड, हरेक दिन लक्की ड्र मार्फत सामसङ मोबाइल जित्न सक्नेछन् ।

साथै, बजेटले २०० देखि २५० सीसी क्षमताका मोटरसाइकलमा लाग्ने कर वृद्धि गरेसँगै कम्पनीले एभेन्जर २२० को मूल्यमा २७ हजार रुपैयाँले बढेर ३ लाख ९६ हजार ९०० रुपैयाँ बनाएको छ ।


Back_to_top