काठमाडौं । बजाजका मोटरसाइकलको आजदेखि निःशुल्क चेकअप क्याम्प आयोजना सुरू भएको छ ।
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै आजदेखि ‘बजाज नेसनल फ्री चेकअप क्याम्प’ संचालनमा ल्याएको हो ।
कम्पनीका अनुसार यो सर्भिस चेकअप क्याम्प असोज ९ गतेसम्म देशभर संचालन हुनेछ । यस क्याम्प अन्तर्गत ग्राहकले आफ्ना मोटरसाइकलको निःशुल्क चेकअप गराउनुका साथै विभिन्न सर्भिस तथा पार्टसमा छुट प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ग्राहकले लेबर चार्जमा ५० प्रतिशत छुट्, इन्जिन आयलमा १६ प्रतिशत र बजाज स्पेयर पार्टसमा १० प्रतिशत तथा युरोग्रिप टायरमा १० प्रतिशत छुट पाइने छ ।
बजाजले ग्राहकलाई सुरक्षित र राम्रो अवस्थामा मोटरसाइकल संचालन गर्न प्रोत्साहित गर्दै यस्तो निःशुल्क चेकअप क्याम्प आयोजना गरेको हो । यो योजना बजाजका देशभर रहेका सर्भिस सेन्टरहरूमा लागू हुने छ ।

