अर्घाखाँची । बजाज मोटरसाइकलको नेपालका लागी आधिकारीक बितरकहन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालीले बजाजका नयाँ शोरुम अर्घाखाचीमा संचालनमा ल्याएको छ । आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम “बस्याल ब्रदर्स् अटोलिङ्क प्रा.लि” अर्घाखाँचीको सन्धिखर्कमा संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको दावी रहेको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भने, “देशभर हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहँदा हामी अत्यन्तै खुशी छौं । त्यसैले ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । अर्घाखाँचीमा नयाँ सोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।”

