सुजुकीले भारतीय बजारमा जिक्सर–३०० (जीएसएक्स–एस३००) भारतीय ल्याउने भएको छ । चिनियाँ कम्पनी हाओजुनसँगको सहकार्यमा सुजुकीले चीनमा उत्पादन गरेको हाओजुन डीआर३०० भारतमा समेत ल्याउने भएको हो ।
भारतमा भने यो मोटरसाइकलको नाम जिक्सर–३०० नै हुनेछ । यो मोटरसाइकलको बारेमा सुजुकी इन्डियाले भने विशेषताहरु सार्वजनिक गरेको छैन । नयाँ मोटरसाइकलमा एबीएसलगायतका विशेषताहरु भने आउने छन् । उक्त मोटरसाइकल युरोपमा पनि जिक्सर–३०० कै नाममा सार्वजनिक हुनेछ भने यसको इन्जिन युरो–६ मापदण्डको हुने अनुमान गरिएको छ ।
चोङकिङ मोबो फेयर २०१८ मा यो मोटरसाइकललाई शोकेस गरिएको थियो । त्यो बखत यो मोटरसाइकलमा एलइडी लाईट, ट्वीन–पड हेडलाइटजस्ता विशेषता हुने बताइएको थियो ।
यो मोटरसाइकल भारतीय बजारमा यही वर्षको अन्त्य वा २०२० को सुरुमा सार्वजनिक हुने अनुमान भारतीय मिडियाहरुले गरेका छन् ।

