बजाजले फ्यूयर र फ्लोरर नामबाट दुई मोटरसाइकल ल्याउने

तस्विर: हस्कभर्ना इ पीलीयनकाे हाे ।

काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी बजाजले दुई नयाँ मोटरसाइकलको ट्रेडमार्क दर्ता गराएको छ । कम्पनीले अघिल्लो महिना दर्ता गरेको ट्रेडमार्कमा ‘फ्यूयर र फ्लोरर’ दुई मोडल हुन् ।

झट्ट सुन्दा दुबै नाम उस्तै सुनिन्छन् । त्यसैले यी दुई मध्ये कुनै एउटा मात्रै नामको प्रयोग कम्पनीले गर्न सक्छ र एउटा मात्रै मोडल बजारमा ल्याउन सक्ने छ । यद्यपी दुबै नामको ट्रेडमार्क दर्ता भएकोले दुई मोटरसाइकल ल्याउने अनुमान हामीले गरेका हौं ।

यो मोटरसाइकल आईसी इन्जिन वा इलेक्ट्रीक के हुने भन्ने विषयमा कम्पनीले खुलाएको छैन । यद्यपी भारतीय मिडियाहरुले फ्यूयर र फ्लोरर मध्ये कुनै एक नामबाट बजाजले इलेक्ट्रीक मोटरसाइकल ल्याउन लागेको अनुमान गरेका छन् ।

यदि बजाजले यी नामबाट इलेक्ट्रीक मोटरसाइकल ल्याउने हो भने बजाज, केटीएम र हस्कभर्नाको संयुक्त प्रयासबाट ल्याउने छ । त्यसैले हस्कभर्ना इ-पिलियनको इलेक्ट्रीक प्ल्याटफर्ममा यसलाई ल्याउने अनुमान गरिएको छ । बजाजले फ्यूयर र फ्लोरर नामबाट कस्तो मोटरसाइकल ल्याउने छ भन्ने विषय पूर्णरुपमा थाहापाउन भने केहि समय कुर्नु पर्ने हुन्छ ।


Back_to_top