अक्टोबर महिनाबाट विक्री सुरु हुँदै महिन्द्रा ‘एक्सयूभी–७००’

काठमाडौं । महिन्द्राले आफ्नो नयाँ एसयूभी ‘एक्सयूभी–७००’ को टिजर भिडियो यसअघि नै सार्वजनिक गरेको थियो । अब कम्पनीले यसलाई बजारमा विक्री सुरु गर्ने महिनाको घोषणा गरेको हो ।

आगामी चाडपर्वको अवशर पारेर कम्पनीले यसलाई अक्टोबर महिनामा बजारमा उतार्ने छ । यद्यपी कुन दिनबाट विक्री सुरु हुन्छ भनेर मिति भने तोकेको छैन । कम्पनीले एक्सयूभी ७०० को नयाँ वेभ पेज बनाइ सकेको छ । त्यहाँ गएर रजिष्टर गर्न सकिने कम्पनीले जनाएको छ ।

एक्सयूभी ७०० महिन्द्राको अल न्यू डिजायनमा तयार भएको एसयूभी हो । यसमा दिइएको केहि फिचरहरु अहिलेपनि एक्सयूभी ५०० बाट प्रेरित रहेको छ । थुप्रै नयाँ डिजाइन पाउन सकिने यो एसयूभीमा सी सेप्पडको हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, नयाँ टेल लाइट, नयाँ अलोय ह्वील, बोनेट, बम्पर र टेलगेट पनि पूर्णत नयाँ डिजाइनमा तयार गरिएको छ ।

कम्पनीले एक्सयूभी ७०० लाई एक्सयूभी ५०० को तुलनामा धेरै फिचर दिएर बजारमा ल्याउने छ । ड्यूल स्कृन लेआउट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिल होल्ड, फरक ड्राइभिङ मोड, पानरोमिक सनरुफ जस्ता फिचर यसमा रहने छ ।

६ र ७ सिट क्षमता आउने एक्सयूभी ७०० सुरक्षाको हिसावले पनि अब्बल रहने बताइएको छ । लेभल दुई बराबरको अटोनोमस ड्राइभिङ एसिस्ट सिस्टम यसमा रहने छ । जुन भारतीय कार निर्माताले पहिलो पटक प्रयोगमा ल्याउन लागेको हो ।

डिजेल र पेट्रोल दुबै इन्जिन अप्सनमा बजारमा आउने एक्सयूभी ७०० मा २.२ लिटर, फोर सिलिण्डर एमहक डिजेल र २.० लिटर, फोर सिलिण्डर टर्बो इन्जिन यसमा रहने छ । यसमा दिइएको डिजेल इन्जिनले अधिकतम १८५ हर्स पावर प्रदान गर्छ भने पेट्रोल टर्बो इन्जिनले १९० हर्स पावर प्रदान गर्ने छ । ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा आउने छ ।


Back_to_top