नेपालमा बिक्री सुरू हुँदै बीएडब्लू E7 Pro

काठमाडौं । नेपाली बजारमा बेइजिङ अटो वक्र्स (बीएडब्लू)को नयाँ इलेक्ट्रीक मिनी कार ई सेभेन प्रो चाँडै बिक्री सुरू हुने भएको छ ।

नेपालमा लागि बीएडब्लूको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले बहुप्रतीक्षित बीएडब्लू ई सेभेन प्रो सार्वजनिक गर्ने तयारी थालेको हो ।

कम्पनीका अनुसार ई सेभेन प्रो साउन तेस्रो साता सार्वजनिक गरिनेछ । अन्तर्राष्ट्रिय बजारमा सफल बीएडब्लू ई सेभेन प्रोले नेपाली ईभी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

अत्याधुनिक इन्जिनियरिङ, प्रिमियम प्रविधि, प्रभावशाली कार्यक्षमता र किफायती मूल्यको उत्कृष्ट संयोजन भएको ई सेभेन प्रोले नेपाली ग्राहकको मन जित्ने विश्वास छ ।

यसको व्यावहारिक डिजाइन, भरपर्दो कार्यक्षमता, न्यून संचालन लागतका कारण अन्तर्राष्ट्रिय बजारमा रोजाइमा परिरहेको छ । चिनियाँ जनमुक्ति सेनाका लागि समेत सवारीसाधन उत्पादन गर्दै आएको चीनको सबैभन्दा पुराना अटोमोबाइल निर्माता कम्पनीहरूमध्ये बीएडब्लू सँग सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको अनुभव छ ।

आधुनिक शहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको बीएडब्लू ई सेभेन प्रोले कम्प्याक्ट आकार, फराकिलो आन्तरिक स्पेस, प्रिमियम आरामदायित्व र अत्याधुनिक ड्राइभिङ प्रविधिको उत्कृष्ट सन्तुलन प्रदान गर्दछ।

यो गाडी उच्च दक्षताको पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनस इलेक्ट्रीक मोटर बाट सुसज्जित छ । जसले सहज एक्सेलेरेसन, उत्कृष्ट प्रतिक्रिया क्षमता र ऊर्जा–दक्ष ड्राइभिङ अनुभव प्रदान गर्दछ।

उन्नत मोटरसँग संयोजन गरिएको उच्च क्षमताको लिथियम ब्याट्री प्याकले दैनिक यात्राका लागि भरपर्दो ड्राइभिङ रेन्ज, दीर्घकालीन टिकाउ र प्रभावकारी चार्जिङ क्षमता सुनिश्चित गर्दछ।

बीएडब्लू ई सेभेन प्रोमा रियर ह्वील ड्राइभ प्रणाली छ । जसले उत्कृष्ट तौल सन्तुलन, उकालो सडकमा राम्रो क्षमता, सुधारिएको ह्याण्डलिङ, सानो घुम्तीमा सहज नियन्त्रण र उच्च ड्राइभिङ स्थिरता प्रदान गर्दछ।

नेपालका विविध सडक अवस्था, उकालो-ओरालो बाटो तथा भीडभाडयुक्त शहरी सडकका लागि यो प्रविधि विशेष रूपमा उपयुक्त हुने विश्वास गरिएको छ।

एलआरआर मोटर्सका प्रबन्ध निर्देशक जीवनजंग शाहीले नेपाली ग्राहकलाई विश्वस्तरीय सवारीसाधन उपलब्ध गराउन बीएडब्लू ई सेभेन प्रो ल्याउन लागिएको बताए ।

‘बीएडब्लू ई सेभेन प्रो नेपाल ल्याउने ग्राहकलाई विश्वस्तरीय सवारीसाधन उपलब्ध गराउने हाम्रो प्रतिबद्धताको महत्वपूर्ण कदम हो । श्रीलंकामा नम्बर १ बिक्री हुने इलेक्ट्रीक कारका रूपमा प्राप्त अन्तर्राष्ट्रिय सफलताले यसको क्षमता प्रमाणित गरिसकेको छ। अत्याधुनिक प्रविधि, मजबुत निर्माण गुणस्तर र उत्कृष्ट कार्यक्षमताका कारण ई सेभेन प्रोले नेपाली ग्राहकको मन जित्नेमा हामी विश्वस्त छौँ,’उनले भने ।

बीएडब्लू ई सेभेन प्रो युवा पेशाकर्मी, पहिलोपटक ईभी खरिद गर्ने ग्राहक, परिवार, उद्यमी, राइड–सेयरिङ व्यवसायी, किफायती तर प्रविधियुक्त विद्युतीय सवारी खोज्ने शहरी यात्रुहरूको आवश्यकता पूरा गर्ने गरी विकास गरिएको उनको भनाइ छ ।


Back_to_top