काठमाडौं । बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले पोखराको नयाँबजारमा एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।
कम्पनीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा मोटरसाइकलमा ३० हजारसम्म छुट, एक्सचेन्जमा ४० हजारसम्म न्यूनतम मूल्याङ्कन, ६० हजार डाउन पेमेन्टमा मोटरसाइकल किन्न सकिने स्कीम दिएको छ । कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने स्कीम दिएको छ ।
साथै, अहिले बेनेली चढिरहेका ग्राहकलाई निःशुल्क वासिङ सुविधा, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट दिने जनाएको छ ।
बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्दै आएको छ । अहिले विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् ।
इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक बेनेली हो । नेपाली बजारमा कम्पनीले टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडल विक्री गर्दै आएको छ ।


