होन्डाका ४ स्कुटर नेपालमा, मूल्य र माइलेजको कारण सफल

काठमाडौं । होन्डाका स्कुटरहरु एकदमै किफायती स्कुटरको रुपमा बजारमा चिनिने गर्छ । धेरै माइलेज तथा हेर्दा स्टाइलिस लुक भएका कारण होन्डाका स्कुटर धरैले मन पराउने गरेका छन् ।

नेपाली बजारमा होन्डा डिओ स्कुटर सर्वाधिक विक्री हुनेमा पर्छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकर ट्रेडिङले डिओ विक्री सुरु गरेपछि स्कुटरको बजार बन्न सुरु भएको हो ।

पार्टस्को सहजता तथा कम संचालन खर्च भएको कारण होन्डाका स्कुटरहरु नेपाली बजारमा धेरै विक्री हुने सूचीमा पर्छन । कम्पनीको ठुलो र धेरै सर्भिस नेटवर्क र स्पेयर पार्टसको उपलब्धताको कारण होन्डाका स्कुटर विग्रिएको खण्डमा पनि ग्राहकले दुःख पाउने छैनन् ।

राम्रो माइलेज होन्डा स्कुटरको अर्को सबल पक्ष हो । कम्पनीले नेपाली बजारमा चार मोडलका स्कुटर विक्री गर्दै आएको छ । होन्डा डिओ, ग्राजिया, एक्टिभा र एभिएटर स्कुटर सबै सफल मानिन्छन् ।

होन्डाको सर्वाधिक विक्री हुने डिओको दुई भेरियन्ट नेपाली बजारमा विक्री हुँदै आएको छ । कम्पनीले होन्डा डिओ डिएलएक्स र डिओ एसटीडी विक्री गर्दै आएको छ । यी दुई स्कुटरको मूल्य क्रमश २ लाख २७ हजार ९०० र २ लाख १७ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै १२५ सीसी सेग्मेन्टमा रहेको होन्डा ग्राजिया निकै चर्चित स्कुटर हो । यसको पनि दुई मोडल र त्यसमा ४ भेरियन्ट बजारमा किन्न पाइन्छ । होन्डा ग्राजिया बीएस ४ र बीएस ६ को दुई÷दुई भेरियन्ट बजारमा उपलब्ध छन् ।

बीएस ४ होन्डा ग्राजिया डिआरएसको मूल्य २ लाख ३७ हजार ९०० रुपैयाँ र डीडीएसको मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरी, होन्डा ग्राजिया बीएस ६ अन्तर्गत एसटीडीको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ र डिएलएक्सको २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

१२५ सीसी सेग्मेन्टकै अर्को स्कुटर एक्टिभा एसटीडीको मूल्य २ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ । एक्टिभा डिएलएक्सको मूल्य २ लाख ५२ हजार ९०० रुपैयाँ तोकेर विक्री भइरहेको छ ।

त्यस्तै, होन्डा एभिएटरको एकमात्र भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य २ लाख ३५ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।


Back_to_top