आईएमई इलेक्ट्रिकको स्टल नम्बर १ स्टल घोषित

काठमाडाैं । तीन दिन सम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको ‘ईभी नेपाल एक्सपो २०२२’ मा राफ्ट इलेक्ट्रिक स्कुटरको स्टल ‘नम्बर १ स्टल’घोषित भएको छ । एसडी एक्सपो मिडियाको आयोजनामा मंसिर १६ देखि १८ गतेसम्म उक्त एक्सपो सँचालन भएको थियो ।

आईएमई इलेक्ट्रिकले नेपाली बजारमा बिक्री–वितरण गरिरहेको राफ्ट इलेक्ट्रिक स्कुटरका ३ मोडल एक्सपोको अवसरमा डिस्प्ले गरिएका थिए । ती मध्ये एक नेपाली बजारमा सबैभन्दा बढी रेन्ज दिने राफ्ट इन्दस (सिंगल चार्जमा ३ सय २० किलोमिटर) थियो भने अन्य मोडलमा राफ्ट वारियर र राफ्ट जिस्पा थिए ।

राफ्ट इन्दस १ हजार र २ हजार वाट मोटर गरी दुई मोडलमा उपलब्ध छ । १ हजार वाटको इन्दसले सिंगल चार्जमा ३ सय २० किलोमिटर र २ हजार वाटको इन्दसले बढी पावर र ३ सय किलोमिटर रेन्ज दिन्छ ।

स्कुटरमा किलेस स्टार्ट, थेफ्ट अलार्म, रिभर्स गियर, डिजिटल डिस्प्ले, इन्डिकेटर बजर, अटोमेटिक चार्जर कट–अफ, १० एम्पियर फास्ट चार्जिङ, पोर्टेबल ब्याट्री, ३ ड्राइभिङ मोड, फाएर प्रुफ ब्याट्री आदि फिचर छन् । त्यसैगरी रिमोट लकिङ र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका विशेषता समेत उपलब्ध छन् ।

एक्सपोको अवसरमा १ हजार भन्दा बढी अवलोकनकर्ता, ५ सय सोधपुछ र ३ सय भन्दा बढीले राफ्ट स्कुटरको टेस्ट राइड गरेका थिए । उक्त एक्पाेमा ४३ वटा स्कुटर बुकिङ भएकाे छ । आईएमई इलेक्ट्रिकले पहिलो पटक सार्वजनिक रुपमा प्रदर्शन गरेको इलेक्ट्रिक स्कुटरप्रति अवलोकनकर्ताहरुले निकै नै रुचि राखेको पाइएको छ ।

आगामी दिनमा अझै धेरै ग्राहकहरुका बीचमा पुग्ने र भारतको प्रतिष्ठित ब्रान्ड राफ्ट इलेक्ट्रिक स्कुटरको टेस्ट राइड अनुभव प्रदान गर्ने कुरामा आईएमई इलेक्ट्रिक प्रतिवद्धता व्यक्त गर्दछ ।


Back_to_top