नेपालमै ईभी उत्पादन सुरू गर्छौं : उदय नारङको अन्तर्वार्ता

काठमाडौं । ओमेगा सेकी मोबिलिटी (ओएसएम) ले उत्पादन गरेको इलेक्ट्रीक थ्री ह्वीलरको नेपालमा आधिकारीक विक्री सुरू गर्ने कार्यक्रममा कम्पनीका चेयरम्यान उदय नारङ नेपाल आएका थिए । लामो समयदेखि स्टील उत्पादनको क्षेत्रमा प्रख्यात ओमेगा ग्रुप तथा अमेरिकी कमोडीटी तथा इनर्जी ट्रेडिङ कम्पनीमा काम गरेका नारङले विद्युतीय सवारीसाधन उत्पादनमा हात हालेका हुन् ।

भारतमा नयाँ कम्पनी स्थापना गरेर चल्तीका ब्राण्डका इलेक्ट्रीक थ्री ह्वीलर महिन्द्रा र प्याजीओले उत्पादन गरेका थ्री ह्वीलरलाई कडा टक्कर दिइरहेका छन् । अहिले ओएसएमलाई कार्गोको टेस्ला समेत भनिन्छ । ओएसएमले उत्पादन गरेका विद्युतीय साधन नेपालमा विक्री एमएडब्लू वृद्धिले सुरू गरेको हो ।

अहिले इलेक्ट्रीक सवारीसाधन उत्पादनमा केन्द्रीत ओएसएमले न्यू इनर्जी टेक्नोलोजीमा ब्याट्री इलेक्ट्रीकको अलवा हाइड्रोजन फ्युलसेलमा पनि काम गरिरहेको नारङ बताउँछन् । उनको भावि योजना र नेपाल सम्बन्धको विषयमा मेरोअटोले  उदय नारङसँग गरेको कुराकानीको सम्पादीत अंश :

ईभी उत्पादनको लागि महत्वपूर्ण कच्चा पदार्थको नियन्त्रण चीनले गरेको छ । पछिल्लो समय चीन र भारतको व्यापारमा समस्याहरू देखिएका छन् । यस्तोमा भारतमा उत्पादन र अन्तर्राष्ट्रिय बजारमा निर्यात चेनलाई कसरी चालु राख्ने सोच्नुभएको छ ?

व्यापारमा एउटा मात्रै बाटो हुँदैन । अमेरिकाबाट ब्याट्री सेल आयात गरेर भारतमै ब्याट्री प्याक बनाउने योजनाको साथ अघि बढेका छौंं । अमेरिकामा नयाँ एलएफपी र एनएमसी बाहेकको प्रविधि विकासको चरणमा छ । हाम्रो अनुमानमा यसको मूल्य चीनमा उत्पादन हुने ब्याट्री सेलभन्दा आधा हुनेछ । हामी सोलिड स्टेट, जिङ्क एयर, एल्मुनियम एयर जस्ता अलगअलग ब्याट्रीमा काम गरिरहेका छौंं ।

भारत होस वा अफ्रिका हामीले केही पनि सरकारसँग मागेका छैनौं । हामीलाई काम गर्नको लागि जम्मा सरकारले दुई कुरा दिनु पर्छ । पहिलो, नीतिगत स्थिरता । यहाँ बन्ने नीतिले नेपाललाई भएको फाइदा जनतालाई सब्सिडाइजको माध्यमबाट फिर्ता होस् । उनुदान पाउने भएपछि ईभीमा जान ग्राहकलाई प्रोत्साहन हुन्छ ।

टेक्नलोजी भन्ने कुरा निरन्तर विकसित हुने हो । हामी ‘ग्लोबल मार्केट’मा जाने प्रयास गरिरहेका छौंं । विभिन्न देशको वातावरणीय भिन्नताका कारण फरक फरक टेक्नलोजीको ब्याट्री चाहिने हामीले अनुभव गरेका छौंं । यसरी ब्याट्रीमा धेरै अप्सन पाउने अवस्था आउँदा छनौटको सुविधा हुन्छ । सुरक्षीत र किफायती जुन छ त्यसमै ग्राहक आकर्षित हुन पाउने छन् । यसको सहायताले फरक फरक प्रोडक्ट उत्पादन गर्न, सप्लाई चेन कन्ट्रोल गर्न सहयोग पुग्छ । म नेपालका इन्जिनियरहरूलाई पनि आह्वान गर्छु, यदि कुनै नयाँ टेक्नलोजी वा आइडिया छ भने आउनुहोस् सहकार्य गरौं ।

ओएसएमले अहिले फास्ट चार्जिङ, ब्याट्री स्वाप, हाइड्रोजन टेक्नलोजी जस्ता विषयलाई प्राथमिकतामा राखेको छ । सोलारमा पनि नयाँ सम्भाव्यता खोज्दैछौंं । हाम्रो ध्यान कसरी रेन्ज बढाउने, उत्पादन लागत कम गर्ने, सबै किसिमका बाटोको लागि उपयुक्त बनाउने जस्ता विषयमा काम गरिरहेका छौंं ।

अहिले नै हामी ५० भन्दा बढी अटोमोटिभ पार्टसको उत्पादन गरिरहेका छौंं । हामी बंगलादेशमा पनि ठूलो उत्पादन प्लान्ट सुरू गर्दैछौंं । भविष्यमा नेपालमा पनि हाम्रो उत्पादन गर्ने योजना छ । हामीलाई थाहा छ नेपालमा सबै भेहिकल आयात हुन्छ । सायद कम्बस्चन गाडीमा धेरै पार्टस हुने र यहि उत्पादन कठिन हुने भएर होला । तर, ईभीमा ब्याट्री प्याक, मोटर, पावर कन्ट्रोल मुख्य पार्टस हुने भएकोले सुरूमा एसेम्बल र भविष्यमा उत्पादन गर्न सहज हुन्छ ।

नेपालमा धेरै ब्राण्डले ईभी विक्री गर्दै आएका छन् । तपाईंंको लक्ष्य यहाँ विक्री संख्या निकाल्ने मात्रै हो कि त्योभन्दा केही फरक गर्ने ?

म नेपाल सरकारलाई प्रस्ताव गर्न चाहन्छु हामी मिलेर क्लिन इनर्जी भेहिकलको क्षेत्रमा काम गरौं । यदि नेपाल सरकार सकारात्मक हुने हो भने यही इलेक्ट्रीक भेहिकल उत्पादन गर्छौं । ब्याट्री चार्जिङको लागि नेटवर्क तयार पार्छौं । हामी सबैलाई एलायन्स गरेर पूरै ईभीको ईको सिस्टम नै निर्माण गर्न चाहन्छौंं ।

ओएसएमले नेपालमा कस्ता गाडीको बजार देखेको छ ?

हामीले नेपालमा एमएडब्लू वृद्धिसँग मिलेर काम सुरू गरेका छौंं । अहिले प्यासेन्जर थ्री ह्वीलर र कार्गो थ्री ह्वीलर ल्याएका छौंं । छिट्टै लाइट कमर्सियल ट्रक आउनेछ । भविष्यमा ट्रयाक्टर र टू ह्वीलरमा पनि काम हुँदैछ । प्यासेन्जर कार पनि हाम्रो योजनामा छ ।

अहिलेको भारत र नेपालको ईभी बजार फरक देखिएको छ । नेपालको तुलनामा भारतमा ईभीको स्वीकार्यता कम छ । फेरि भारतको इलेक्ट्रिकसीटी क्लिन होइन जबकी नेपालको शतप्रतिशत क्लिन छ । तपाईंले ढिलो गर्दा नेपालमा अन्य ब्राण्डको बलियो उपस्थिति हुन्छ होला । यस्तोमा तपाईंहरू पछि पर्नु हुने त होइन ?

इण्डिया धेरै ठूलो बजार हो । त्यहाँ १३० करोड मानिस बस्छन् । नेपालमा जम्मा ३ करोडको जनसंख्या छ । यस्तोमा दुई देशको बजारलाई तुलना गर्न सकिँदैन । साना कमर्सियल भेहिलकहरू विशेषतः १ टनसम्मका धेरै मुभमेन्ट गर्ने गाडी नेपालमा ईभी हुनु राम्रो देखिन्छ । वातावरण प्रदूषणमा ठूलाभन्दा साना ट्रकहरूको धेरै हात देखिन्छ । हामी चार्जिङ सोलुशन र नयाँ प्रोडक्ट निरन्तर प्रदान गर्नेछौंं ।

नेपाल सरकारले पछिल्ला वर्षहरूमा नेपालमै उत्पादन तथा एसेम्बल गर्नेलाई प्राथमिकता दिँदै आएको छ । तपाईंसँग सानो सानो युनिटमा काम गर्ने अनुभव रहेको देखिन्छ । यही उत्पादन गर्ने वातावरण निर्माणमा नेपाल सरकारसँग के अपेक्षा छ ?

हामी सरकारसँग केही माग्दैनौ । हामी के दिन सक्छौं पहिला त्यो हेर्छौंं । भारत होस वा अफ्रिका हामीले केही पनि सरकारसँग मागेका छैनौं । हामीलाई काम गर्नको लागि जम्मा सरकारले दुई कुरा दिनु पर्छ । पहिलो, नीतिगत स्थिरता । यहाँ बन्ने नीतिले नेपाललाई भएको फाइदा जनतालाई सब्सिडाइजको माध्यमबाट फिर्ता होस् । उनुदान पाउने भएपछि ईभीमा जान ग्राहकलाई प्रोत्साहन हुन्छ ।

अर्को, नेपाल सरकारले केही इन्सेटिभ दिने हो भने यहा ईभीको इको सिस्टम नै बनाउ सकिन्छ । हामी लगानी ल्याउँछौंं, टेक्नलोजी ल्याउँछौं, रोजगारी सृजना गर्छौंं  फ्याक्ट्री बनाउँछाैं, त्यसको लागि उदार बनिदिनुहोस् ।

नेपाल सरकारले यहीको उत्पादन वा एसेम्बलीमा अहिले नै भन्सार छुट र ५ वर्षको लागि आयकर छुट दिइसकेको छ । के यो इन्सेन्टिभ नयाँ सेटअपका लागि फाइदाजनक होइन र ?

पक्कै पनि यो स्वागत योग्य हो । हामी सुरूवातमा सीबीयू आयात गर्छौंं । दोस्रो फेजमा सीकेडी आयात गरेर एसेम्बल गर्न चाहन्छौं । हामीसँग यतिधेरै एक्पिरियन्स रहेको छ कि हामी २ महिनामै एसेम्बल प्लान्ट स्थापना गर्न सक्छौंं । हामीसँग आरएण्डडीमा धेरै प्रोडक्ट लाइनअप छ । हामी प्यासेन्जर भेहिलकमा विश्वमै अहिलेसम्म नदेखिएको प्रोडक्ट ल्याउँदैछौं । हामी पहिलो एयर कण्डिसन सहितको थ्री ह्वीलर लन्च गर्दैछौं । हामीले यहाँ प्लान्ट सेटअप गरेपछि स्थानीय व्यवसायी पनि तात्नेछन् र उत्पादनको ईको सिस्टम तयार हुनेछ ।

विश्वका सबै ठूला अटोमोबाइल कम्पनी प्यासेन्जर ईभीमा फोकस छन् तपाईंहरू किन कमर्सियलमा आउँदै हुनुहुन्छ ?

हाम्रो बुझाइमा प्यासेन्जर भेहिकलले भन्दा कमर्सियल ट्रकहरूले धेरै वातावरण प्रदूषण गर्छ । साथै, प्यासेन्जर भेहिकलको निर्माणमा ठूला मल्टिनेसनल कम्पनीहरूले बिलियन डलर इन्भेष्ट गरिसकेका छन् । हामीले फक्सावगन, मर्सिडिज, हुन्डाईजस्ता कम्पनीको क्वालिटी म्याच गर्न सक्दैनौं । त्यसैले पनि हामी सानो सेग्मेन्टको कार्गोमा फोकस भएका हौं ।

 

पहिलो ३ वर्ष कार्गोमा सफलता मिलेपछि हामी पनि प्यासेन्जर सेग्मेन्टमा जान्छौं । हामी ट्रक बनाउँदै छौंं । हामी स्कुल बस बनाउँदै छौं । हामी अफ्रिकामा ग्यासोलिन स्कुल बसलाई ईभीमा रुपान्तरण गरिरहेका छौं । हामी सबै अप्सनमा काम गरिरहेका छौं । यसले ईभी खरिद गर्न नसक्नेलाई अफोडेबल सोलुसन दिइरहेको छ । हामी स्टेप बाइ स्टेप अटाेमाेवाइलकाे सबै सेग्मेन्टमा ग्रीन इनर्जी टेक्नलोजी ल्याउने छौं ।

 


Back_to_top