राज्यले ‘रोड म्याप’ बनाए ईभी उत्पादन गर्न सकिन्छ: शहिल श्रेष्ठको अन्तर्वार्ता

सन् २०१७ बाट बीवाइडीमा सक्रिय रहेका शहिल श्रेष्ठ अहिले साइमेक्स इंकको सीईओको रुपमा सक्रिय छन् । युवा अवस्थामै नेपालमा सम्भावना खोज्नुपर्छ भन्ने सोचका साथ काम गरिरहेका श्रेष्ठ अटोमोवाइल क्षेत्रका कान्छो सीईओको रुपमा परिचित छन् । विद्युतीय साधनको ब्यापार, बीवाइडीको योजना र युवा पुस्ताको चाहना लगायत विषयमा मेरोअटोले उनिसँग गरेको कुराकानीको सम्पादित अंश ।

नेपालमा बीवाइडीको करिब ७ वर्षे यात्रामा तपाईं सँगसँगै हुनुहुन्छ । यसलाई कसरी सम्झनुहुन्छ ?

मेरो करियरको पहिलो यात्रा बीवाइडीबाटै सुरू भएको हो । जुन बेला नेपालमा बीवाइडी परिचित थिएन । अर्थात् सो बेला नेपालमा विद्युतीय सवारी (ईभी)को ‘एसेप्टेन्स’ नै थिएन । झन् बीवाइडीको बारेमा अधिकांश अनभिज्ञ थिए । बीवाइडी अटोमोबाइल वा टेक्नोलोजी कुन कम्पनी हो भन्ने निकै कमलाई मात्र थाहा थियो ।

यद्यपि, बीवाइडीले सन् २००८ मै ईभी उत्पादन सुरू गरिसकेको थियो । उक्त कम्पनीको बहुमत स्वामित्व अमेरिकी चर्चित इन्भेस्टर बारेन्ट बफेटको कम्पनी बक्सायर हाथवेले खरिद गरिसकेको थियो । कम्पनीले चीनमा कमर्शियल सेग्मेन्टमा बस, ट्रक, फर्कलिफ्टको बिक्री सुरू गरिसकेको थियो भने ट्याक्सी लगायतको फ्लिट अप्रेशनमा लिडर बनिसकेको थियो ।

तर, नेपालमा भने त्यतिबेला चिनियाँ अटोमोबाइको राम्रो रिभ्यू थिएन । शंकाको नजरले हेरिन्थ्यो । झन् ईभीको त माहोल नै थिएन । पहिलो पटक हामीले इलेक्ट्रीक भेहिलक ई-६ ल्याउँदा सम्भावित ग्राहकलाई सम्पर्क गर्दा सबैजना अचम्मित हुनुहुन्थ्यो । हाम्रो भेहिकल ४.५ मिटर लामो र एकपटको चार्जमा ४०० किलोमिटर रेन्ज दिन्थ्यो । लुक्स पनि प्रपर क्रसओभरको थियो । केहीलाई यो पत्यार नै लागेको थिएन । किनकि अन्य ईभी निकै साना साइज र कम रेन्ज भएका थिए ।

हामीले सुरूआतमा बीटुबी (बिजनेस टु बिजनेस) मोडलमा काम गर्यौं । ‘प्रपर’ शोरुम, थ्रीएस सर्भिसमाभन्दा पनि ‘फ्लिटमा एस्प्लोर’ गर्यौं । उक्त समयमा सरकारी क्षेत्रमा ईभीको अलिअलि चर्चा सुरू हुन थालेको थियो । हामीले पहिला सरकारलाई विश्वस्त बनाएर मात्रै पब्लिकलाई ‘प्रोडक्ट’ बेच्ने निधो गर्यौं । प्रोडक्ट बेच्न मात्र नभई इकोसिस्टम तयार बनाउन लाग्यौं ।

डल्फिनलाई एक फुर्तिलो सहयात्री तथा ‘भर्सटायल प्रोडक्ट’को रूपमा स्थापित गरेका छौं । यी दुई प्रोडक्टको फिचर तथा बनावटले नै ग्राहकलाई लोभ्याएको छ ।

सन् २०१७ मा पहिलो पटक राष्ट्रिय योजना आयोगले पहिलो ईभी किनेको थियो । सो बेला अपर तामाकोशी चाँडै संचालनमा आउने र उत्पादित बिजुली खेर जाने आँकलन व्याप्त थियो । त्यसपछि नेपाल विद्युत् प्राधिकरणले पनि ईभी खरिद गर्यो । नेपालको तत्कालीन राष्ट्रपति कार्यालयले खरिद गरेपछि भने राष्ट्रिय रुपमै बीवाइडीको चर्चा भएको थियो ।

व्यक्तिगत रूपमा पहिलो ३/४ वर्ष मेरा लागि ठूूलो सिकाइको अवसर समेत रह्यो । सबैलाई थाहा छ, नेपालमा दीर्घकालीन योजना बनाएर काम गर्न सकिँदैन । छिटोछिटो नीति नियम परिवर्तन भइरहन्छ । यो अनुभव मैले पनि गरेँ ।

जब हामी बीटुबीबाट बीटुसीमा प्रवेश गर्दै थियौं, सोही बेला विश्वभर कोरोना महामारी सुरू भयो । त्यतिबेला नेपाल सरकारले पनि ईभीलाई प्रोत्साहनको नीति लियो । अहिले त्यसको सकारात्मक प्रभाव देखिएको छ । नेपाल विश्वमै ईभी ‘पेनेट्रेसन’मा टप फाइभमा छौं । हाम्रो देशमा भएको ईभीको ‘अवेरनेस, लर्निङ र अडाटेप्सन’ एकदमै प्रशंसनीय छ ।

राष्ट्रिय योजना आयोगलाई पहिलो गाडी बेचेर सुरु भएको यात्रा सन् २०२३ आइपुग्दा एक वर्षमै १ हजार बढी गाडी बेच्न सफल भएको छ । सीईओ रुपमा कम्पनीलाई सफलताको उचाइमा पुर्याउँदा बीवाइडीको ब्राण्ड र प्रोडक्टको भूमिका कस्तो रह्यो ?

हाम्रो पछिल्ला ७ वर्षको अवधिमा बीटुबी (बिजेनस टु बिजनेस)बाट बीटुसी (बिजनेस टु कस्टमर)मा हामी गयौं । बीवाइडीको पछिल्ला प्रोडक्टले धेरै राम्रो साथ दिएको छ । बीवाइडीका पछिल्ला मोडलहरू ग्राहकको पहिलो रोजाइमा परेका छन् । ग्राहकमाझ एटो ३ स्पोर्टी इलेक्ट्रीक एसयूभीको रूपमा स्थापित भयो । डल्फिनलाई एक फुर्तिलो सहयात्री तथा ‘भर्सटायल प्रोडक्ट’को रूपमा स्थापित गरेका छौं । यी दुई प्रोडक्टको फिचर तथा बनावटले नै ग्राहकलाई लोभ्याएको छ ।

प्रोडक्टसँगै हामीले पूर्वाधार निर्माणमा पनि ठूलो मेहनत गरेका छौं । अहिले देशको ३० भन्दा बढी स्थानमा फास्ट चर्जिङ सेन्टर, प्रमुख १२ सहरहरूमा शोरुमा स्थापन गरेका छौं । सोही हाराहारीमा सर्भिस सेन्टर बनाएका छौं । प्रोडक्ट मात्रै होइन, प्रोसेस म्यानेजमेन्टले पनि सफलता चुम्न सहयोग पुर्याएको छ । अहिले सडकमा गुडिरहेका २ हजार बढी गाडीको रोड प्रिजेन्ट र चालकको सन्तुष्टि यसका आधार हुन् । यिनै कुराले बीवाइडी र हामीलाई स्थापित बनाएको हो ।

सबै युवा नेपालमा अवसरै नपाएर मात्र विदेशिएका होइनन् । यद्यपि, यहाँ अवसर निकै कम छ । थोरै अवसरमा पनि प्रतिस्पर्धी हुन खोज्ने कमैको चाहना देखिन्छ । ‘पियर्स प्रेसर’ले पनि विदेशिरहेका छन् ।

कम्पनीको सीईओको रूपमा म टिमलिडर भएकाले सधैं सुधारका लागि तत्पर रहनुपर्छ भन्ने मान्यता राख्छु । काम गर्दा सफलता/असफलता दुवै हात लाग्छ । गल्ती भए त्यसबाट सिकेर आफूलाई सुधार गर्न सक्नुपर्छ । सेल्फडिसिप्लिन हुनपर्छ । हामी सधैं ‘गोल ओरियन्टेड अप्रोच’मा हुन्छौं । टिमका सबै सदस्यको आइडियामा छलफल गरेर मात्र अघि बढ्ने/नबढ्ने निर्णय गर्छौं । यहि काम गर्ने तरिका हाम्रो सफलताको आधार हो ।

बीवाइडी नेपालको टिममा अधिकांश युवा छन् । अहिले दैनिक हजारौं युवा विदेश पलायन भइरहेका छन् । तपाईंलाई चाहिँ ग्राजुयटपछि विदेशिने मन थियो कि थिएन ?

हाम्रो टिममा अहिले करिब ६० जना सदस्य छन् । हाम्रो औसत उमेर २८ वर्ष हाराहारी छ । जुन मेरो पनि ठ्याक्कै उमेर हो । अटो इन्डष्ट्रीको टिममध्ये हाम्रो सबैभन्दा युथ टिम हो । युवाहरू विदेशिन खोज्नु/विदेशिरहनु अहिलेको प्रमुख समस्या हो । मसँगै पढेका आधाभन्दा धेरै साथीहरू बाहिरै छन् । देशको आर्थिक अवस्था र आफ्नो सुरक्षित भविष्यको खोजीमा युवा विदेशिरहेका छन् ।

तर, सबै युवा नेपालमा अवसरै नपाएर मात्र विदेशिएका होइनन् । यद्यपि, यहाँ अवसर निकै कम छ । थोरै अवसरमा पनि प्रतिस्पर्धी हुन खोज्ने कमैको चाहना देखिन्छ । ‘पियर्स प्रेसर’ले पनि विदेशिरहेका छन् । सँगैको साथी युरोप अमेरिकामा गयो भने म किन नजाने ? म पनि जानैपर्छ नत्र पछि परिन्छ भन्ने सोचाइले पनि व्यापक छ । मैले यूनिभर्सिटीबाट निस्कनै वित्तीकै यहि काम गर्ने निधो गरे ।

बीवाइडीमा रहेको युवाहरूको टिमको क्षमता वृद्धिमा कसरी काम गर्दै हुनुहुन्छ ?

हामीले टिमवर्ककै माध्यमबाट आफ्नो क्षमता बढाउँदै लैजानुपर्छ । हामी सबै युवा भएकाले एक अर्कासँग सिक्दै अघि बढ्ने हो । टिमका सबै सदस्य आफ्नो पोजिसन क्लियर भएर मात्रै काम गर्छौं । टिममा बसेर कुनै पनि प्रपोजलमा सबै डायमेन्सनबाट सोच्छौं । कुनै पनि निर्णय लिनुअघि ‘हिस्टोरिकल डाटा एनलाइसिस’ गर्छौं । हचुवामा निर्णय लिँदैनौं । साथै, ग्लोवल प्राक्टिस के छ, त्यसलाई पनि हेर्छौं ।

रोडसाइड सपोर्टको लागि चाँडै कलसेन्टर संचालन गर्दैछौं ।

हाम्रो टिममा सबै युवा भएकाले नयाँ योजना वा मार्केटिङ रणनीति बनाउँदा सधैं क्रियटिभ तरिकाले गर्ने प्रयास गर्छौ । यो हाम्रो बीवाइडीको जिनमै रहेको छ । आज बीवाइडी न्यू इनर्जी भेहिकलको ग्लोबल लिडर मात्रै होइन ईभीको पायोनियर पनि हो । बीवाइडीले सधै नयाँ नयाँ ट्रेन्ड र टेक्नोलोजीलाई प्रयोगमा ल्याएको छ । हामी पनि यहाँ बीवाइडीको प्रुभन इन्टरनेसनल प्राक्टिसलाई लोकलाइज गरेर कार्यान्वयन गर्छौं । जसले हाम्रो प्रोफेसनल लाइफलाई मात्र नभई पर्सनल लाइफमा पनि नयाँ कुरामा सिक्न चाहने उत्सुकता जगाएको छ ।

बीवाइडीको शोरुम र टचपोइन्टहरू धेरै संख्यामा स्थापना भएका छन् । यसका सर्भिस सेन्टर कति रहेका छन् ? तपाईंहरूको सन् २०२४ का लागि के योजना बनाउँनु भएको छ ?

पहिलो, यस वर्ष (सन् २०२४) मा हामीले हाम्रो शोरुम तथा सर्भिस सेन्टर अपग्रेड गर्नेछौं । हाम्रो १२ स्थानमा रहेको सबै सर्भिस शोरुममा सर्भिस सेन्टर हुनेछ । हामी अब शोरुमभन्दा सर्भिस सेन्टर बढाउनेमा केन्द्रित हुनेछौं । क्वीक सर्भिस सेन्टर थप्दै जानेछौं । ग्राहकको सुविधाका लागि फास्ट चार्जिङ नेटवर्क बढाउँदै छौं । साथै रोडसाइड सपोर्टको लागि चाँडै कलसेन्टर संचालन गर्दैछौं ।

त्यस्तै, हाम्रो ध्यान ग्राहकलाई उत्कृष्ट सेवा र अनुभूत दिलाउनु रहनेछ । बीवाइडी तथा टेक्नोलोजीको बारेमा ग्राहकहरूलाई न्यूजलेटर पठाउने, अपडेटहरू मोबाइलमा जानकारी दिने लगायत ग्राहकको सेवा सुविधा बढाउन केन्द्रित हुनेछौं ।

निकट भविष्यमा चार्जिङ नेटवर्क विस्तार, ब्याट्री सर्भिस सेन्टरका साथै नेपालमै बीवाइडीका गाडीहरू एसेम्बल गर्ने योजना तयार गर्नु भएको छ ?

चार्जिङ नेटवर्कमा हाम्रो लक्ष्य भनेको चार्जिङ सेन्टर मात्रै नभई चार्जिङ सेन्टर अपरेटर नै हुने हो । हाम्रो सेन्टरबाट सबै ग्राहकलाई विश्वसनीयता दिन्छौं । ग्राहकलाई कुन चार्जिङ सेन्टर संचालन छ/छैन, चार्ज गर्दा कति समय लाग्ने हो, उक्त समयमा अन्य सुविधाहरू के के छ आदि कुरालाई एकदमै ध्यानमा राख्छौं ।

अहिले नै हाम्रो नेटवर्कमा एसी र डीसी गरेर ३० वटा फास्ट चार्जर रहेको छ । फेब्रुअरी महिनामै थप १५ वटा चार्जर थपिनेछ । चाँडै मोबाइल एप लन्च गर्दैछौं, जसले लोकेशन ट्रयाक गर्न, अभाइबलेटी हेर्न र ओभरअल एक्सपिरीयन्स लिन सजिलो हुनेछ । हामीले अन्य ईभी ब्राण्ड लगायत विद्युत प्राधिकरणसँग पनि कोअर्डिनेट गरेर सबै स्थानको चार्जिङ सर्भिस सबै ईभी कस्टुमरले प्रयोग गर्न मिल्ने बनाउने प्रयास गरिरहेका छौं ।

एसेम्बलका लागि भोल्युम पनि हेर्नुपर्छ । भोल्युमले यही एसेम्बल गर्न सपोर्ट गर्छ कि गर्दैन । अर्थात् स्थानीय बजारका साथै निर्यातको सम्भावना के छ ।

ब्याट्री सर्भिस वा रिसाइकलका लागि हामीले नेपाल सरकारको नियम अनुसार तेस्रो देशमा रिसाइकलका लागि सम्झौता गरिरहका छौं । यदि सरकारले नेपालमै रिसाइकल प्लान्ट राख्नु पर्ने नियम ल्याएको खण्डमा त्यसमा पनि तयार रहेका छौं । अहिले हामीले हाम्रो गाडीको ब्याट्री रिसाइकल गर्नु परे पनि त्यसका लागि तयार छौं ।

एसेम्बलको लागि सरकारको नीति स्थिर हुनुपर्यो । नेपालमा पोलिसी यति चाँडो चेन्ज हुन्छ कि यसले न ग्राहक, न लगानीकर्तालाई नै फाइदा हुन्छ । सरकारले ईभीलाई एक प्रोडक्टको रूपमा मात्र नहेरी यो एक इको सिस्टम हो भन्ने बुझ्नु पर्छ । कति राजस्व आयो भन्ने हिसाब मात्र गरेर हुँदैन । ईभीले हाम्रोमा उत्पादन भएको विद्युत्को उपभोग बढाएको छ । इन्धन आयात घटाएको छ । यसको महत्व बुझ्नु पर्दछ ।

अर्को कुरा टेक्नोलोजीसँग जोडिएको छ । अहिले टेक्नोलोजी दिनदिनै परिवर्तन भइरहेको छ । नयाँ टेक्नोलोजी सुरूमा महँगो हुन्छ । तर, जसले अफोर्ड गर्नसक्छ उसले मात्रै प्रयोग गर्ने हो । एसेम्बलका लागि भोल्युम पनि हेर्नुपर्छ । भोल्युमले यही एसेम्बल गर्न सपोर्ट गर्छ कि गर्दैन । अर्थात् स्थानीय बजारका साथै निर्यातको सम्भावना के छ । त्यसको मूल्यांकन गर्नुपर्छ । यसका लागि राज्यले पहिला स्पष्ट रोडम्याप दिनुपर्छ । अनि मात्र उत्पादकले आफ्नो योजना बनाउन सक्छ । र, यहाँ उत्पादन पनि गर्न सकिन्छ ।


Back_to_top