काठमाडौं । होन्डा एचआर–भी र हुन्डाई टुसान नेपालमा विक्री गर्दै आएका १ करोड हाराहारीमा किन्न सकिने दुईवटा एसयूभी हुन् । हाेन्डाका कार नेपाली बजारमा स्याकार ट्रेडिङ कम्पनीले विक्री गर्दै आएको छ भने हुन्डाईका कार लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले विक्री गर्दै आएको छ । यस्तोमा यी दुई कारको टप भेरियन्ट लगभग समान मूल्य राखेर विक्री हुँदै आएका एसयूभी हुन् ।
हुन्डाई टुसानको मूल्य ९८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ भने होन्डाको सिआर–भी ९९ लाख रुपैयाँ मूल्य तोकेर विक्री वितरण हुँदै आएकोछ । होन्डा एचआर–भी र टुसान दुबैमा अल ह्वील ड्राइभ सिस्टम दिइएको छ ।

यी दुई एसयूभीमा हुन्डाई टुसान ठूलो रहेको छ । टुसानको लम्बाई ४४८० एमएम रहेको छ भने एचआर–भीको लम्बाई ४२९४ एमएम रहेको छ । चौडाईमा पनि टुसान फराकिलो छ । यसको चौडाई १८५० एमएम रहेको छ भने एचआर–भीको १७७२ एमएम मात्रै रहेको छ । उचाईमा पनि हुन्डाई टुसान ५५ एमएमले बढी अग्लो रहेको छ । होन्डा एचआर–भीमा २६१० एमएमको ह्वीलवेस रहेको छ भने टुसानमा २६७० एमएमको ह्वील वेस दिइएको छ ।
हुन्डाई टुसानमा २.० लिटर फोर सिलिण्डर १६ भल्भ इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५५ हर्स पावर र १९२ एनएम टर्क प्रदान गर्छ ।

होन्डा एचआर–भीमा रहेको १.८ लिटर इन्जिनले अधिकतम १४१ हर्स पावर र १७२ एनएम टर्क प्रदान गर्छ । होन्डा एचआर–भीमा १७ इन्चको रेडियल टायर दिइएको छ भने टुसानमा अगाडि १७ र पछाडि १८ इन्चको टायर दिइएको छ ।
सुरक्षाको हिसावले पनि यी दुबै एसयूभी उत्कृष्ट रहेका छन् । हुन्डाई टुसान हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरेर बनाइएको एसयूभी हो । यसमा ६ वटा एयरव्याग, स्मार्ट क्रुज कन्ट्रोल, एबीएस, इबीडी, डाउन हिल एसिस्ट, अटो डिफगर, पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध रहेको छ ।
होन्डा एचआर–भीमा पनि हिल एसिस्ट, एबीएस, इबीडी, क्रुज कन्ट्रोल, एयरब्याग जस्ता फिचर रहेका छन् । दुबै एसयूभीको क्याविन भने पूर्ण फिचर लोडेड रहेको छ ।

