यूरोपियन मोटरसाइकल ‘भि-बब २५०’ बुकिङ गर्नेलाई यस्ता छन् छुट

काठमाडौं । हान्वे मोटरसाइकलको लागि आधिकारिक वितरक मोटर एभेन्यू प्रालिले बुलिट भि-बब २५० मा न्यू इयर अफर ल्याएको छ । कम्पनीले न्यू इयरमा भि-बब २५० को बुकिङ गर्दा विभिन्न छुटसहितको अफर ल्याएको हो ।

यो स्कीममा मोटरसाइकल बुकिङ गर्दा ग्राहकले १ वर्षको रोड ट्याक्स, रजिष्ट्रेशन, इन्स्योरेन्सको रकम तिर्नु पर्दैन । यसका साथै ग्राहकले हरेक मोटरसाइकलको खरिदमा हेलमेट, भि-बब टिर्सट र हान्वे ह्याट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत मोटरसाइकल बुकिङ गर्दा २० हजार रुपैयाँ तिर्नु पर्ने कम्पनीले जनाएको छ ।

बेल्जीयम ब्रान्डको क्रुजर मोटरसाइकलमा २५० सीसी ट्वीन सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २१ हर्षपावर तथा १९ एनएम टर्कमात्र जेनेरेट गर्छ । यसको पावरका कारण यो क्रुजर मोटरसाइकल सिटी राइडका लागि उपर्युक्त मानिन्छ ।

यसमा प्रिमियम मोटरसाइकलमा हुने फिचर उपलब्ध रहेको छ । बेल्ट ड्राइभ र यूएसडी फर्क जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ । यस्तै यसमा डबल एक्जष्ट, मस्कुटर फ्युल ट्याङ, मल्टी स्पोक अलोय ह्वील, रेट्रो डिजाइन हेडल्याम्प जस्ता फिचर रहेको छ ।

यो मोटरसाइकल नेपाली बजारमा दुई कलर रातो तथा कालो अप्सनमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

यो मोटरसाइकलको मूल्य हार्लेको तुलनामा निकै सस्तो रहेको छ । यसलाई बजारमा ७ लाख रुपैयाँ निर्धारणगरि बुकिङ खुल्ला भएको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले एचडी २५० एससी, एचएस २५०, एचएस १५० को समेत बुकिङ खुल्ला गरेको छ । एचडी २५० एससीको मूल्य ५ लाख ७५ हजार रुपैयाँ, एचएस २५० को मूल्य ४ लाख २० हजार (छुटसहित) र एचएस १५० को मूल्य ३ लाख १५ हजार (छुटसहित) रुपैयाँ रहेको छ ।


Back_to_top