यी फिचर थप गर्दै नेपाल आयो बेनेली ‘बीएन–२५१’, यस्तो छ मूल्य

काठमाडौं । नेपालका लागि इटालियन बाइक बेनेलीको आधिकारीक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ्गले बेनेली बीएन–२५१ एबीएस सुविधासहित नेपाली बजारमा सार्वजनिक गरेको छ । यसअघि नन्–एबीएस भर्सनमा उपलब्ध रहेको यो बाइक अब डबल च्यानल एबीएससहित आएको हो ।

बेनेलीको इन्ट्रीलेवल नेकेड–बाइकमा ग्राहकको आकर्षण बढ्दै गएको छ । इटालियन स्टाइलिस बाइक नेपाली बजारमा लोकप्रिय हुँदै गइरहेको छ । कम्पनीले हालैमात्र १५० सीसी सेग्मेन्टमा समेत बाइक भित्र्याएको छ ।

बेनेली बीएन–२५१ मा लिक्विडकुल्ड सिङ्गल–सिलिन्डर, फोर–स्ट्रोक डीओएचसी–२४९ सीसीको इन्जिन रहेको छ । यो इन्जिनले ९ हजार २५० आरपीएममा २५.८ बीएचपी पावर र ८ हजार आरपीएममा २१ एनएम–टर्क जेनेरेट गर्छ । 

फ्रन्टमा ४१ एमएमको अपसाइड–डाउन सस्पेन्सन र रियरमा मनोसक रहेको छ । फ्रन्टमा २८० एमएम फोर–पीस्टन क्यालिपर र रियरमा २४० एमएम सिङ्गल–पिस्टन क्यालिपर ब्रेकिङ्ग सिस्टम रहेको छ । १७ इन्चको आल्मूनियम अलोय ह्वील रहेको यो बाइकमा सिक्स–स्पीडको गियरबक्स दिइएको छ । 

यो बाइकको बजारमा मूल्य ५ लाख २० हजार रुपैयाँ रहेको छ ।


Back_to_top