हुन्डाई मोटर्सले ल्याउन लागेको क्रेटाभन्दा सानो सव–कम्प्याक एसयूभी उत्पादन कोण–नेम ‘क्यूएक्सआई’ सार्वजनिक गर्ने अन्तिम तयारी सुरु भएको छ । योसँगै नयाँ एसयूभीका बारेमा विभिन्न समाचार आउन थालेका छन् ।
कम्पनीले उक्त नयाँ कम्प्याक एसयूभी मे महिनाको तेस्रो हप्तामा सार्वजनिक गर्न लागेको हो । हुन्डाईले आफ्ना हरेक उत्पादनलाई लग्जरी बनाउन कुनै कसर बाँकी राखेको हुँदैन । अझ बजारमा टाटा नेक्शन, फोर्ड ईकोस्पोर्ट, मारुती सुजुकी भिटारा ब्रेजा र महिन्द्रा एक्सयूभी–३०० सँग प्रतिस्पर्धामा उतार्न बनाएको एसयूभी फिचर लोड नहुने कुरै हुँदैन ।
यस्ता छन्, क्यूएक्सआईमा रहने १० सम्भावित फिचरहरू
ठूलो टचस्क्रिन
कम्पनीले यसको टप भेरियन्टमा ठूलो टचस्क्रिन दिने अनुमान गरिएको छ । यसले एप्पल कार–प्ले, एन्ड्रोइड अटो र माइक्रो–लिङ्क सर्पोट गर्नेछ । यसले स्याटलाइट नेभिगेशन, ब्लू–टुथ र रियर क्यामेरा डिस्प्लेको कामसमेत गर्नेछ ।
इलेक्ट्रीक सनरुफ
फोर्ड र टाटा नेक्सनको जस्तै यसमा सस्तो मूल्यको कारमा इलेक्ट्रीक सनरुप दिइने अनुमान गरिएको छ । तर, यसलाई कम्पनीले आफ्नो टप भेरियन्टमा मात्र उपलब्ध गराउने अनुमान गरिएको छ ।
भ्यान्टीलेटेड सिट
हुन्डाईले क्यूएक्सआईमा अगाडिको सिट भ्यान्टीलेटेड दिने तयारी गरेको छ । यो फिचर निकै प्रिमियम कारहरूमा मात्र उपलब्ध हुनेछ । यसले धेरै गर्मी हुने स्थानमा आरामदायीयात्रा गर्न सघाउ पुग्नेछ । भारतीय बजारलाई मुख्य टार्गेट गरेर आउन लागेको यो एसयूभीको यो फिचरले धेरैलाई लोभ्याउने छ ।
ड्यूल–टोन अलोय ह्वील
विभिन्न समयमा परीक्षणको क्रममा देखिएको यो गाडीमा ड्यूल–टोन अलोय ह्वील दिइएको देखिएको थियो । यसले गाडीलाई निकै स्पोर्टी देखाउनेछ । यसका अलावा टप भेरियन्टमा आल्मुनियम रुफरेलको समेत प्रयोग गरिने अनुमान गरिएको छ ।
१.० लिटर टर्बो पेट्रोल इन्जिन
कम्पनीले आफ्नो नयाँ एसयूभीमा १.० लिटर थ्री–सिलिन्डर टर्बोचार्ज्ड र १.४ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन दिने जानकारी दिएको छ । जसले १०० एचपी पावर र १७२ एनएम पिकटर्क जेनेरेट गर्छ । साथै, १.४ लिटर डिजेल इन्जिनमा समेत आउनेछ ।
कम्पोजिट लाइट सेटअप
सिग्नेचर क्यासगेडिङ्ग ग्रिलकासाथ आउने यो एसयूभीमा कम्पोजिट लाइटको प्रयोग गरिनेछ । प्रोजेक्टर हेडल्याम्पलाई निकै तल राखिएको छ । यो फिचर कम्पनीले आफ्नो प्रिमियम एसयूभी सान्ता–फेबाट लिएको हो ।
एलईडी टेलल्याम्प
परीक्षणको क्रममा देखिएअनुसार यसमा बोल्ड–लुकिङ्ग टेलल्याम्प दिइएको छ । यसलाई अझ स्पोर्टीयर देखाउन कम्पनीेले बम्पर र रुफरेल स्पोइलरमा समेत लाईट दिने सम्भावना रहेको छ ।
सबै चक्कामा डिस्क–ब्रेक
केही दिन अगाडि बजारमा आएको महिन्द्रा एक्सयूभी–३०० मा जस्तै यसमा पनि सबै चक्कामा डिस्क–ब्रेक आउनेछ ।
सेफ्टी फिचर
सबै भेरियन्टमा अगाडि दुई एयरब्याग, एबीएस, ईबीडी, सिटबेल्ट रिमाइन्डर, रिर्भस पाकिङ्ग सेन्सर, आईएसओफिक्स चाइल्ड सिट माउन्ट, हाई–स्पीड वार्निङ्ग बजरजस्ता फिचर रहनेछन् । साथै, टप–भेरियन्टमा भेहिकल स्टेबिलिटी कन्ट्रोल, हिल–स्टार्ट एसिस्ट, साइड–एयरव्याग, डाइनामिक गाइड लाइनसहितको रिर्भस पार्किङ्ग क्यामेराजस्ता फिचर रहने अनुमान गरिएको छ ।

