यी विशेषता थप गरेर होन्डाले ल्यायो नयाँ ‘यूनिकर्न १५०’

अप्रिल महिना नजिकिदै गर्दा भारतीय बजारमा बाइकहरुमा एबीएस सुबिधा थप भएर आउने क्रम बढ्दो छ । यहि क्रममा होन्डाले आफ्नो लोकप्रिय बाइक सिबी यूनिकर्न १५० एबीएससहित सार्वजनिक गरेको हो ।

१ अप्रिलबाट भारत सरकारले १२५ सीसीभन्दा माथिका बाइकमा एबीएस सुबिधा अनिवार्य गरेको छ । यहि अनुरुप होन्डाले सिबी यूनिर्कनलाई एबीएस सुबिधा थप गरेर ल्याएको हो । 

यसका साथै बाइकमा ट्यूवलेस टायरको नयाँ सुबिधाका रुपमा थप गरेको कम्पनीले जनाएको छ ।

यसका अलावा बाइकमा कुनै परिर्वतन गरिएको छैन । होन्डा यूनिर्कनमा १४९ सीसी सिगंल सिलिन्डर रहेको छ । यो इन्जिनले ८ हजार आरपीएममा १३ बीएचपी पावर र ५ हजार ५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ । यो बाइकले पल्सर १५० सँग प्रतिस्पर्धा गर्ने छ । 

एबीएससहितको होन्डा यूनिर्कनको मूल्य कम्पनीले ७८ हजार ८१५ रुपैयाँ निर्धारण गरेको छ । नन् एबिएसको मूल्य भने ७२ हजार ३१५ भारतीय रुपैयाँ रहेको थियो । 


Back_to_top