काठमाडौं । बेनेली मोटरसाइकलले ‘चढौं बेनेली, बाढौं खुसीयाली’ नामक फेस्टिभ अफर सार्वजनिक गरेको छ । । नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं तिहारलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।
यस अफर अन्तर्गत ग्राहकले बेनेली मोटरसाइकलको खरिदमा १ लाख नगद रुपैयाँ छुट पाउने भएका छन् । त्यस्तै, ग्राहकले पुराना मोटरसाइकलसँग बेनेलीको जुनसुकै मोटरसाइकल एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेन्जमा ३० हजार रुपैयाँसम्म थप मूल्याकंन पाउने कम्पनीले जनाएको छ ।
साथै, बेनेलीका नयाँ मोटरसाइकलको खरिद तथा एक्सचेन्जमा ग्राहकले इन्स्योरेन्स र रोड कर पनि फ्रीमा पाउने छन् । यो अफर निश्चित अवधिका लागि मात्रै संचालन हुने कम्पनीले जनाएको छ । शर्तहरू लागू हुनेछ ।