काठमाडौं । भारतीय बजारमा भन्दा अगाडि नै नेपाली बजारमा बिक्री वितरण भइरहेको बेनेली लियोनसिनो २५० अहिले भारतमा निकै चर्चामा रहेको छ । कम्पनीले भारती बजारमा अगस्ट ५ तारिखमा यसलाई सार्वजनिक गर्दैछ ।
नेपाली बजारमा बिक्री सुरु भएको महिनौ बितिसक्दा पनि यसको चर्चा हुन सकेको छैन । ओभल हेडल्याम्पले सजिएको यो स्टाइलिस मोटरसाइकल नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ ।
मोटरसाइकलमा स्टील–ट्रेलिस च्याचिस, स्वीङआर्म र सस्पेन्स रहेको छ । अल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर रहेको मोटरसाइकलमा २४९.६ सीसी इनलाइन २ सिलिण्डर, ४ स्टोक, लिक्वीड कुल्ड, डबल ओभरहेड क्यामसाफ्ट, ४ भल्भ इन्जिन रहेको छ ।
उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा २४.५ बीएच पावर र ७५०० आरपीएममा २१ एनएम टर्क जेनेरेट गर्छ । लियोनसिनो २५० मा ६ गियरको म्यानुयल गियरबक्स दिइएको छ ।
अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेक दिइएको यो मोटरसाइकलमा डबल च्यानल एबीएस रहेको छ ।
यो मोटरसाइकलको लम्बाई २१३९ एमएम, चौडाई ८८७ एमएम, उचाई ११२० एमएम रहेको छ भने सिट हाइट ७८५ एमएम रहेको छ ।
१३.५ लिटर क्षमताको फ्यूल ट्याङ्की दिइएको मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ ।
नेपाली बजारमा बेनेलीको यो चर्चित मोटरसाइकलको मूल्य ६ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।


