काठमाडौं । चिनियाँ कम्पनी सिएफ मोटोले बिभिन्न रेञ्जका मोडरसाइकल नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा समेत बजारमा मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले बिक्री वितरण गर्दै आएको सिएफ मोटो एसटी पापियो मिनि मोटरसाइकल निकै स्टाइलिस डिजाइनको लागि चर्चित रहेको छ । अन्ना इन्टरनेशनलले नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ ।
पापियोमा १२४.५ सीसी क्षमताको सिंगल सिलिन्डर इनलाइन, ४-स्टोक, एयर कुल्ड भर्टिकल एफआई इन्जिन दिइएको छ ।
यो मिनि मोटरसाइकलले ८५०० आरपीएममा ९.३८ बीएच पावर र ६५०० आरपीएममा ८.३ एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ ।
यसमा अगाडिको सक रिट्याक्टेवल र पछाडि क्यान्निटलिभर सकको प्रयोग गरिएको छ ।
सिएफमोटो पापियो मिनि बाइकको लम्बाई १७२४ एमएम, चौडाई ७५० एमएम र उचाई ९९५ एमएम रहेको छ भने यसमा १२१४ एमएमको ह्वीलवेस दिइएको छ । सिट हाइट ७७५ एमएम रहेको बाइकमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ ।
७ लिटर क्षमताको फ्यूल ट्याङ्की रहेको बाइकको कुल तौल ११४ किलोग्राम रहेको छ भने यसले १५० केजी तौल बोक्ने क्षमता राख्छ ।
निकै आकर्षक मिनि मोटरसाइकलको मूल्य २ लाख ४१ हजार रुपैयाँ रहेको छ । दशैंको समयमा यो मोटरसाइकल किन्ने ग्राहकले ५ हजारदेखि एक लाखसम्मको नगद पुरस्कार स्क्र्याच कार्ड मार्फ जित्न सक्ने छन् ।
यसको अलावा कम्पनीले चाडपर्वको अवसरमा मोटरसाइकल किन्दा एक वर्षको सडक कर र एक वर्षसम्म एसोसरीजको खरिदमा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।


