काठमाडौं । बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले नयाँ अफर आफ्नो आधिकारिक पेज मार्फत सार्वजनिक गरेको छ । कम्पनीले ‘लक इट डाउन’ नामक अफर सार्वजनिक गरेको हो ।
विभिन्न तिन अप्सनमा कम्पनीले अफर गरेको छ । ति तीन मध्ये एक अफर ग्राहकले छान्न सक्नेछन् ।
मोटरसाइकल किन्न चाहने ग्राहकलाई बेनेलीको मोटरसाइकल खरिद गर्दा पहिलो अफरको रुपमा ८ हजार नगद छुट, दोस्रोमा बेनेलीको सेफ्टी गियर र तेस्रोमा १ बर्षको सर्भिस तथा लुब्रिकेन्ट तथा लुब्रिकेन्ट फिल्टर फ्रि अफर रहेको छ । यी तिन मध्ये ग्राहकले एक अफर लक गर्न सक्ने छन् ।
मोटरसाइकल किन्न चाहने ग्राहकले बेनेलीको आधिकारीक फेसबुक पेज मार्फत आफुले चाहेको बाइक र योजना छनोटगरि बुक गर्न सक्ने छन् । यसरी बुकिङ गरेका मोटरसाइकल लकडाउन सकिएपछि कम्पनीले डेलिभरी दिने जनाएको छ ।
इटालियन मोटरसाइकल निर्माता बेनेलीका टीएनटी १३५, टीएनटी १५, बीएन २५१, ३०२एस, टीएनटी ६०० आई, ३०२ आर, टीएनटी ६०० जीटी, टीआरके ५०२, टीआरके ५०२एक्स, टीआरके २५१, लियन्सीनो जस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ । यसमा लुब्रिकेन्ट र फिल्टरको अफर टीएनटी १५ मा मात्र लागुहुने कम्पनीले जनाएको छ ।


