काठमाडौं । अहिले नेपालमा सबैभन्दा कम मूल्यको इलेक्ट्रीक कार महिन्द्राले बिक्री गर्दै आएको छ । महिन्द्राले बिक्री गर्ने इटुओ नेपालमा करिब ४ लाख रुपैयाँ बन्दा बढी डाउन पेमेन्ट तिरेर चढ्न सकिने छ । तर, अब चाँडै त्योभन्दा पनि कम डाउन पेमेन्टमा नयाँ कार किन्न सक्ने अवस्था आउने भएको हो ।
अहिले चीनमा उत्पादन भएका कम मूल्यका कार नेपाल आउने प्रकृयामा रहेका छन् । कोभिड १९ कारण मानिसको आवत जावत नै बन्द भएकाले अहिले तत्कालै यी ब्राण्ड आउने अवस्था नभएपनि सन् २०२० को अन्त्यसम्मा नेपाली बजारमा सस्तो मूल्यका इलेक्ट्रीक कारहरु आउने अनुमान गर्न सकिन्छ ।
यसरी नेपाल आउने सम्भावना भएका इलेक्ट्रीक कारमा ग्रेटवाल मोटर्सको आर१ र बिवाइडीको इ१ हुन् । यी दुबै कार लगभग समान फिचर र मूल्य भएका कार हुन् । अहिल्यै यी गाडीको नेपालमा मूल्य कति पर्छ भन्न नसकिए पनि यी कार ३ लाख हाराहारी डाउन पेमेन्ट गरेर किन्न सकिने कार हुने छन् ।
इलेक्ट्रीक कारमा ८० प्रतिशत फाइनान्स सुविधा
अहिले नेपालमा इलेक्ट्रीक कार किन्ने ग्राहकले ८० प्रतिशतसम्म कर्जा पाउँछन् भने २० प्रतिशत रकम गाडी किन्ने मानिसले पहिला जम्मा गर्नु पर्ने हुन्छ । त्यस्तै सवारीसाधनको बीमा गर्न लाग्ने रकमपनि गाडी खरिदकर्ताले ठिक पार्नु पर्ने हुन्छ ।
मानौ कुनै इलेक्ट्रीक कार १५ लाख मूल्यको भयो भने यसलाई किन्न चाहनेले ३ लाख रुपैयाँ डाउन पेमेन्ट र बीमा वापत लाग्ने रकम आफैँले व्यवस्था गर्नु पर्ने हुन्छ भने उसको अम्दानीले भ्याएको खण्डमा ८० प्रतिशतसम्म बैंकबाट कर्जा लिन सकिने छ ।
सरकारले नै इलेक्ट्रीक कार आयातलाई प्रहोत्सान दिइरहेकाले अबको केही वर्ष इलेक्ट्रीक कारको बिक्रीमा बढोत्तरी हुने देखिन्छ ।


