एभरेष्ट बैंकबाट कर्जा लिएर बेनेलीको बाइक किन्न सकिने, ब्याज तिर्नु नपर्ने

काठमाडौं । बेनेली मोटरसाइकलको बिक्रेता कम्पनीले बेनेलीका कम मूल्यका मोटरसाइकल एभरेष्ट बैंकबाट कर्जा लिएर किन्न सकिने योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको चाडपर्व अफरमा ग्राहकले विभिन्न तीन अप्सन मध्ये एक छनोट गर्न सक्ने छन् ।

कम्पनीले गरेको पहिलो अफरमा दुई वर्षको कर्जा स्कीममा मोटरसाइकल किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने छ भने बाँकी रकम एभरेष्ट बैंकबाट कर्जा सुविधा लिन सक्ने छन् । कर्जा वापत लाग्ने सम्पूर्ण व्याज रकम बैंकलाई कम्पनीले तिरिदिने घोषणा गरेको छ । यसरी मोटरसाइकल किन्दा ग्राहकले थप नगद छुटको स्कीम भने पाउने छैनन् ।

दोस्रो अफर अन्तर्गत कम्पनीले सार्वजनिक गरेको स्कीममा टिएनटी १५ किन्ने ग्राहकले ८ हजार रुपैयाँ छुट पाउने छन् भने टिएनटी १५० आई किन्ने ग्राहकले १५ हजार नगद छुट प्राप्त गर्न सक्ने छन् ।

त्यस्तै कम्पनीले तेस्रो अफरपनि गरेको छ । उक्त अफरमा कुनैपनि ब्राण्डको मोटरसाइकलसँग बेनेलीका मोटरसाइकल एक्सचेन्जगर्दा १५ हजार थप बोनस दिने छ ।

साथै, कम्पनीले असोज ११ गतेदेखि मंसिर ५ गतेसम्ममा मोटरसाइकल किन्ने ग्राहक मध्येबाट एक जनालाई ५० इन्चको स्मार्ट टेलिभिजन बम्पर उपहार स्वरुप प्रदान गर्ने जनाएको छ ।

बेनेली टिएनटी १५ को मूल्य २ लाख ३० हजार र टिएनटी १५० आई ३ लाख २० हजार रुपैयाँ रहेको छ ।


Back_to_top