काठमाडौं । बेनेली मोटरसाइकलको लागि ललितपूरको बिक्रेता यूनिटी ट्रेडिङले नयाँ वर्षको अफर संचालनमा ल्याएको छ । यूनिटीले आफ्नो नयाँ शोरुम संचालन र आउँदै गरेको नयाँ वर्ष २०२० लाई मध्यनजर गर्दै विशेष छुटको अफर ल्याएको हो ।
कम्पनीले मोटरसाइकल खरिदकर्तालाई सहज बनाउन सून्य प्रतिशत व्याजदरमा टीएनटी १५ मोडलमा १२ र १८ महिने किस्ता बन्दी अफर समेत कम्पनीले गरेको छ । तर, किस्तामा विना व्याज मोटरसाइकल किन्न चाहने ग्राहकले अनिर्वाय ५० प्रतिशत भने डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।
किस्तामा टिएनटी १५ किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि १२ किस्तामा रकम चुक्ता गर्नु पर्ने हुन्छ । यसरी किस्तामा मोटरसाइकल लिनेले मासिक ९ हजार ८५० रुपैयाँ तिर्नु पर्ने हुन्छ । कम्पनीले टिएनटी १५ को मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी टिएनटी १५ आई किन्न चाहने ग्राहकले भने १८ महिनामा किस्ता तिर्न सक्नेछन् । ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि ग्राहकले ८ हजार ७५० मासिक किस्ता बुझाउने गरि खरिद गर्न सक्ने छन् । यसको मूल्य ३ लाख १५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले नयाँ वर्ष अफर भन्दै यी दुबै मोडलमा १० हजार रुपैयाँ छुट प्रदान गरेको छ ।
कम्पनीले आगामी शोमबार डिसेम्बर २३ मा बालकुमारीमा नयाँ शोरुम संचालनमा ल्याउन लागेको छ । कम्पनीले ल्याएको अफर योजना आगामी डिसेम्बर ३१ तारिखसम्म काय रहने जनाएको छ ।
नयाँ अफरमा मोडल अनुसारको नगद छुट, निःशुल्क हेल्मेट र ८ पटकसम्मको निःशुल्क सर्भिस सुविधा रहेको छ । कम्पनीले यो अफर आफ्ना सबै मोडलमा उपलब्ध हुने जनाएको छ ।

