काठमाडौं । भारत न्यू कार एसिस्टमेन्ट प्रोग्राम (भारत एनक्याप) अगष्ट २२ तारिखबाट सुरु हुने भएको छ । भारतीय रोड, ट्रान्सपोर्ट एण्ड हाइवे मन्त्री नितिन गडकरीले भारत एनक्यापको सुरुवात गर्न लागेका हुन् ।
गाडीको दुर्घटनामा हुने क्षती कम गर्न यस्ता परीक्षणले सहयोग गर्ने र उत्पादक माथि सुरक्षीत कार उत्पादनमा दवाव बढाउन भारत एनक्याप सुरुवात गर्न लागिएको हो । यसमा ३.५ टन क्षमतासम्मका साधनको क्र्यास टेष्ट गरिने छ ।
भारत एनक्यापमा सबै कार उत्पादकले आफ्ना उत्पादन परीक्षण गराएर सहयोग गर्ने अपेक्षा यस प्रोग्रामले गरेको छ । अटोमोटीभ इन्डष्ट्री स्टायन्डर्ड १९७ मा आधारित रहेर गरिने परीक्षणमा एडल्ट अक्कुपेन्ट र चाइल्ड अकुपेन्टको सुरक्षा मापन गरिने छ ।
यो प्रोग्रामकै कारण भारतमा बनेका कारहरु थप सुरक्षीत हुने र ग्राहकलाई पनि सुरक्षाको हिसावले कार छनोट गर्न सहज हुने विश्वास लिइएको छ । अहिले भारतमा उत्पादन भएका र बिक्री हुँदै आएका धेरै कारहरु २ स्टार रेट्रिङभन्दा पनि कमका छन् ।
नेपालमा पनि भारतीय उत्पादनको वर्चश्व रहँदै आएको छ । त्यसैले भारतमा सुरक्षीत कार उत्पादनलाई जोड दिँदा नेपाली ग्राहकलाई पनि फाइदा नै पुग्नेछ ।

