४० वटा विद्युतीय बसको लागि टेन्डर खुल्यो, उपत्यकामा चाँडै विद्युतीय बस चल्ने

काठमाडौं । सहरी क्षेत्रमा विद्युतीय सवारी साधन संचालन गर्न साझा यातायातले ४० वटा बस किन्ने भएको छ । साझाले ग्लोवल टेन्डर आह्वान गरेर बस खरिद प्रक्रिया अघि बढाएको हो ।

साझाले टेन्डरमा सहभागि हुन चाहनेको लागि मे ८, २०२१ सम्मको समय तोकेर टेन्डर आह्वान गरेको छ । यसरी आह्वान भएको टेन्डर मे ९, २०२१ दिनको १ बजे खोलिने जनाएको छ । यो नेपालमा एकै पटक कुनै पनि कम्पनीले किन्न लागेको सबैभन्दा धेरै यूनिट विद्युतीय बस हो ।

साझा यातायात नेपालको सार्वजनिक यातायातमा अग्रणी कम्पनी हो । सहकारी माफृत यातायात सेवा संचालन गर्दै आएको कम्पनीले अहिले उपत्यका र उपत्यका बाहिरका केहि स्थानमा यातायात सेवा प्रदान गर्दै आएको छ ।

टेन्डरमा सहभागि हुन चाहने कम्पनीले २ करोड १० लाख रुपैयाँ सेक्यूरिटीको लागि राख्नु पर्छ भने २० हजार रुपैयाँ फिर्ता नहुनेगरि फारम शुल्क बुझाउनु पर्छ ।


Back_to_top