यामाहा र केटीएमबाट प्रेरित नयाँ मोटरसाइकल ‘एक्सेल ३२१ आर’

काठमाडौं । चिनियाँ कम्पनीले नयाँ मोटरसाइकल ‘एक्सेल ३२१ आर’ तयार भएको छ । कम्पनीले यामाहा र केटीएममा रहेको विशेष डिजाइनलाई लिएर ‘एक्सेल ३२१ आर’ तयार गरेको हो ।

‘एक्सेल ३२१ आर’को इन्जिन यामाहा आर थ्रिबाट प्रेरित रहेको छ भने यसको बडी डिजाइन केटीएम ड्यूक ३९० बाट प्रेरित रहेको छ । तर, हेडलाइट भने फरक दिइएको छ । जुन यामाहा र केटीएमसँग मिल्दो जुल्दो छैन ।

कम्पनीले ‘एक्सेल ३२१ आर’मा एलइडी हेडल्याम्प, टेलल्याम्प दिइएको छ भने एलसीडी टिएफटी डिस्प्ले उपलब्ध रहेको छ । यसमा ३०० सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ ।

प्यारलल् टुइन, लिक्वीड कुल्ड मोटर जडान भएको यो मोटरसाइकलले १० हजार ५०० आरपीएममा ४०.७ पीएस पावर प्रदान गर्छ । यसको टप स्पीड क्षमता १८० किलोमिटर प्रतिघन्टा रहेको छ ।

पेटल डिस्क ब्रेक, चंकी रेडियल टायर, अगाडि प्रिमियम यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन यसमा उपलब्ध रहेको छ ।


Back_to_top