एमजीको नयाँ इलेक्ट्रीक कार ‘साइबस्टर’, फुल चार्जमा ८ सय किमि रेञ्ज

काठमाडौं । एमजी (मोरिस ग्यारेज)ले नयाँ इलेक्ट्रीक स्पोर्टस् कारको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ । कम्पनीले ४ दिनपछि यसको ग्लोवल प्रिमियर गर्ने तयारी गरेको हो ।

दुई डोर प्रयोग हुने यो स्पोर्टस् कारको सार्वजनिक भएको तस्विर अनुसार म्याजिक आई इन्टरगेटिभ हेडलाइट, एलइडी हेडलाइट, स्लीम ग्रिल डिजाइन प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार ‘साइबस्टर’ एमजीको पहिलो इलेक्ट्रीक सुपरकार हो । यो कारले सून्यदेखि १०० किमिको रफ्तार भेट्टाउन केवल ३ सेकेन्ड मात्र लगाउने छ । यसलाई एकपटकको फुलचार्जमा ८०० किमिसम्म चलाउन सकिने दाबी छ ।

यो स्पोर्टस् कारमा रहने अन्य फिचरको विषयमा कम्पनीले थप जानकारी दिएको छैन । यो कारमा ‘फाइभ जी’ सपोर्ट गर्ने जनाइएको छ ।


Back_to_top