२५० सीसीको आकर्षक एड्भेञ्चर मोटरसाइकल ‘जी-३०’, यस्ता छन् फिचर

काठमाडौं । चिनियाँ कम्पनी हानवेले नयाँ मोटरसाइकल जी-३० एड्भेन्चर सार्वजनिक गरेको छ । चीनमा करिब ३ लाख २० नेपाली रुपैयाँ मूल्य तोकेर विक्री सुरु भएको यो मोटरसाइकल उत्कृष्ट एड्भेञ्चर मोटरसाइकल बन्न सक्छ ।

यो मोटरसाइकल धेरै हदसम्म रोयल इन्फिल्ड हिमालयनको डिजाइनबाट प्रेरित रहेको छ । तर, यसमा २५० सीसी क्षमताको लिक्विड कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले २६ बीएच पावर र २२ एनएम टर्क जेनेरेट गर्छ । जी-३० मा डूप्लेक्स स्प्लीट डबल क्रेडल चेसिस दिइएको छ ।

इन्भर्टेड फर्क सस्पेन्सन, एलइडी लाइट, राउन्ड हेडल्याम्प, ट्यूवलेस टायर, अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेक, ड्यूल च्यानल एबीएस जस्ता फिचर यसमा दिइएको छ ।

यसका अलवा हानवेले जी-३० लाई आकर्षक र एड्भेञ्चर बनाउन स्पोक ह्वील, टिएफटी इन्स्ट्रुमेन्ट क्लष्टर, यूएसडी फर्क, एलइडी डे टाइम रनिङ लाइट जस्ता फिचर दिएको छ ।


Back_to_top