काठमाडौं । होन्डाको १५० सीसी क्षमताको मोटरसाइकल एक्समोशन निकै सफल भएको छ । कम सीसी, उत्कृष्ट फिचर र सबल पर्फमेन्सको कारण होन्डा एक्समोशन सफल भएको हो ।
होन्डाका विभिन्न मोटरसाइकल नेपाली बजारमा विक्री हुँदै आएपनि लाइफ स्टाइल प्रडक्टको रुपमा परिचित मोडल भने नेपाल आएको छैन । यदि एक्समोशन नेपाल आउने हो भने यसको सिधा प्रतिस्पर्धा यामाहा एमटी-१५ सँग हुने छ । तर, यसमा प्रयोग भएका फिचरले यसलाई एमटी-१५ भन्दा महंगो बनाउने छ । कम क्षमताको भएपनि यो प्रिमियम मोटरसाइकल हो ।
होन्डा सिबी १५० आर एक्समोशन होन्डाको १५० सीसी सेग्मेन्टमा निकै पावरफुल मोटरसाइकलमा पर्छ । यसमा कम्पनीले १४९.१६ सीसी, सिंगल सिलिण्डर, लिक्विड कुल्ड, फोर भल्भ डिओएचसी इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा १७.१ पीएस पावर र ७००० आरपीएममा १४.४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
होन्डाले सिबी १५० आर एक्समोशनमा डायमण्ड टाइप फ्रेम दिइएको छ भने अगाडि ४१ एमएम यूएसडी फर्क र पछाडि मोनोशक दिइएको छ । मोटरसाइकललाई सुरक्षीत बनाउन यसको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यसमा अगाडि चक्कामा २९६ एमएम डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक रहेको छ । साथै, यसमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।
होन्डा सिबी १५० आर एक्समोशनको ह्वीलवेस १२९६ एमएम, ग्राउन्ड क्लियरेन्स १३९ एमएम, ८.५ लिटरको फ्यूल ट्याङ्की, ७९५ एमएमको सिट हाइट रहेको छ । मोटरलाइकलको तौल १२५ केजी रहेको छ ।
पूर्ण डिजिटल इन्ट्रुमेन्ट कन्सोल उपलब्ध रहेको यो मोटरसाइकलमा एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प जस्ता आधुनिक फिचर यसमा पाउन सकिन्छ । यदि यो मोटरसाइकल नेपाल आउने हो भने ५ लाख ५० हजार हाराहारीमा खरिद गर्न सकिने अनुमान गर्न सकिन्छ ।


