विङ्गो ह्याचव्याक किन्नेलाई आयो अफर

काठमाडौं । विलिङ विङ्गो किन्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले स्कीम सार्वजनिक गरेको छ । आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले विङ्गो किन्ने ग्राहकलाई ‘मनसुन एक्सचेन्ज मेनिया’ स्कीम ल्याएको हो ।

कम्पनीले आजबाट सुरु गरेको एक्सचेन्ज मेनिया कार्यक्रम शनिवारसम्म चल्नेछ । यस स्कीममा विङ्गो ह्याचव्याक कार किन्ने ग्राहकले १ लाख रुपैयाँसम्मको अतिरिक्त फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

एक्सचेन्जमा पुरानो गाडीको आकर्षक मूल्याङ्कन, एक वर्षको वार्षिक कर, तीन वर्षसम्म निःशुल्क सर्भिस, निःशुल्क एसोसरिज पनि गाडी किन्ने ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले यो स्कीम विङ्गोको शोरुम नक्सालमा लगाइरहेको छ । जहाँ बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म पुगेर स्कीम सम्बन्धी जानकारी लिन र गाडी किन्न सकिने छ ।


Back_to_top