बीएमडब्लूले तयार पार्यो ४५० सीसी एड्भेन्चर मोटरसाइकल

काठमाडौं । बीएमडब्लू मोर्टाडले नयाँ कन्सेप्ट मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले इटालीको मिलानमा सुरू भएको इआईसीएमए ९इक्मा० अटो शो २०२४ मा एफ ४५० जीएस एड्भेन्चर कन्सेप्ट सार्वजनिक गरेको हो ।

कम्पनीले एड्भेन्चर सिरिज जीएस मोडलमा आधारीत नयाँ ४५० सीसी प्लेटफर्म तयार पारेको हो ।

कम्पनीले सार्वजनिक गरेको कन्सेप्ट मोडलमा ४५० सीसी ट्वीन सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले ४८ पीएस पावर जेनेरेट गर्छ ।

सेमि फियर्ड डिजाइनमा तयार यो कन्सेप्ट मोडलको फ्रन्टमा क्वाड एलिमेन्ट एलईडी डीआरएलका साथै चुच्चो ९बेक० दिइएको छ । यसमा ठूलो विन्डस्क्रीन दिइएको छ भने, यसको फ्रन्टमा गोल्डेन यूएसडी र रियरमा मोनोशस सस्पेन्सन प्रयोग गरिएको छ ।

कम्पनीले यसमा सिंगल पिस र्याली सिट दिएको छ । रियरमा लगेज र्याक, एक्राप्रोभिकको एक्जष्ट दिएको छ ।

बीएमडब्लू एफ ४५० जीएसमा फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको जसमा कनेक्ट फिचर प्याक उपलब्ध हुनेछ । यो मोटरसाइकलको फ्रन्टमा १९ र रियरमा १७ इन्च वायर स्पोक ह्वील प्रयोग गरिएको छ ।


Back_to_top