हिरो मोटोकर्पले ल्यायो स्मार्ट इलेक्ट्रीक स्कुटर

काठमाडौं । हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रिक स्कुटर लाइनअपलाई बिस्तार गर्दै नयाँ स्कुटर सार्बजनिक गरेको छ । कम्पनीले इटालिको मिलानमा जारी इक्मा अटो शो २०२४ मा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर भीडा जेड सार्बजनिक गरेको हो ।

हिरोले भीडा जेड युरोपियन मापदण्ड अनुसारको बनाएको हो ।

दैनिक प्रयोगका लागि कम्फर्ट हुनेगरि नयाँ टेक्नोलोजी सहित यस इलेक्ट्रिक स्कुटर निर्माण गरेको पनि कम्पनीले जनाएको छ ।

भीडा जेडमा रिमूवेबल ब्याट्रीप्याक, माई भीडा एप सहितको ब्लुटूथ कनेक्टिभिटी सिस्टम, सेफ्टिका सुरक्षा जस्ता सुबिधा फिचरहरु छन् ।

यो ईभी स्कुटर अत्याधुनिक परमानेन्ट म्याग्नेट सिक्रोनस (पीएमएसएम) ड्राइभ ट्रेन मोटर र मड्यूलर आर्किटेक्चर २.२ किलोवाट आवर देखि ४.४ किलोवाट आवर ब्याट्रीप्याक क्षमतामा उपलब्ध रहेको छ ।

यसमा अत्याधुनिक कनेक्टिभिटीको रुपमा सुट प्लस क्लाउड मोड दिइएको छ जसले साधनको स्थितीको निगरानि, ट्रयाकिङ, चोरी मुभमेन्ट, जियोफेसिंग, अनाधिकृत उपयोग भएमा साधन मालिकलाई एप मार्फत अलर्ट गर्ने काम गर्दछ । साथै यसले सर्भिस स्टेशन बिनानै ओवर द एयर (ओटीए) अपटेड पनि अटोमेटिक गर्छ ।

त्यसैगरी, नयाँ एलिमेन्ट ह्यान्डलबार, टच टीएफटी डिस्प्ले, पुरा एलईडी लाइट, दुबै चक्कामा डिस्कब्रेक, एबीएस, चार्जिङ पोर्ट र स्टोरेज स्पेस जस्ता अन्य फिचरहरु समाबेश हुनेछन् ।

सुरुवातमा भीडा जेड युरोप र युके मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


Back_to_top