३.४४ लाख डाउन पेमेन्टमै ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स किन्न सकिने, यस्तो छ मासिक किस्ता

काठमाडौं । नेपालमा अहिले हटकेट बनिरहेको ट्रायम्फ मोटरसाइकल किस्तामा किन्न सकिने भएको छ । गोल्छा समूह अन्तर्गतको हुलास फिन सर्भ हायर पर्चेज कम्पनीले ट्रयाम्फ स्पीड ४०० र स्क्रयाम्बलर ४०० एक्स किन्न किस्ता (इएमआई) स्कीम ल्याएको हो ।

नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनी पनि गोल्छा ग्रुप अन्तर्गतकै कम्पनी हो ।

हुलास फिन सर्भले ल्याएको स्कीम अनुसार ग्राहकले ५० प्रतिशत अर्थात् ३ लाख ४४ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट गरेर स्क्रयाम्बलर ४०० एक्स किन्न सक्नेछन् । यसको अतिरिक्त ग्राहकले रजिस्ट्रेशन बापत १ हजार ५०० रुपैयाँ, इन्स्योरेन्सको १३ हजार ६०० रुपैयाँ तिर्नुपर्नेछ । यसका अलावा पहिलो किस्तासमेत सुरूमै तिुर्न पर्ने हुन्छ ।

यसरी किस्ताबन्दीमा स्क्रयाम्बलर ४०० किन्दा ग्राहकले पहिलोपटक कुल ३ लाख ६० हजार ५० रुपैयाँमा पहिलाे किस्ता थप गरेर तिर्नुपर्ने कम्पनीले जनाएको छ ।  स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

ग्राहकले यस स्कीममा १८ महिना र २४ महिनाको किस्ता अवधि छनोट गर्न सक्नेछन् । १८ महिने किस्तामा खरिद गर्दा ११.९९ प्रतिशत र २४ महिने किस्तामा १४ प्रतिशत ब्याज लाग्न्ेछ । यस अनुसार १८ महिने अवधिको मासिक किस्ता २१ हजार ३४ रुपैयाँ र २४ महिनेको १६ हजार ५६२ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

१८ महिनाको मासिक किस्तामा मोटरसाइकल किन्ने ग्राहकले इन्स्योरेन्स, रजिष्ट्रेशन, डाउन पेमेन्ट र पहिलो किस्ता सहित कुल ३ लाख ८१ हजार ८४ रुपैयाँ लाग्छ भने, २४ महिनाको किस्तामा ३ लाख ७६ हजार ६१२ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यस्तो छ ट्रयाम्फ स्क्रयाम्बलर ४००

ट्रायम्फ स्क्रयाम्बलर ४०० सिरिजमा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

यसमा ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरहरू छन् ।

त्यसैगरी, ड्युल च्यानल एबीएस, यूएसडी/मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलईडी लाइट्स, हिटेड ग्रीप, अलोय ह्वील जस्ता फिचर यो मोटरसाइकलमा छन् ।


Back_to_top