काठमाडौं । जर्मनी अटोमोबाइल उत्पादक बीएमडब्लूले नेक्स्ट जेनेरेशन हाइड्रोजन फ्युलसेल सिस्टमको विकास गरेको छ ।
कम्पनीले अहिले हाइड्रोजन फ्युलसेलको तेस्रो जेनेरेशन सिस्टमको प्रोटोटाइप बनाएको हो । बीएमडब्लूले तेस्रो जेनेरेशन फ्युलसेल सिस्टम सन् २०२८ बाट प्रयोगमा ल्याउने योजना बनाएको हो ।
बीएमडब्लूको नयाँ सिस्टममा पावर डेन्सिटी बढेकोले पहिलाको भन्दा २५ प्रतिशत सानो रहेको छ । यो सिस्टम भविष्यका सबै साइजका भेहिकलहरूमा प्रयोग गर्न सकिनेछ ।
यद्यपि, कम्पनीले यो नयाँ सिस्टम आगामी म्युनिख अटोशोमा लन्च हुने न्यू क्लास मोडलहरूमा प्रयोग हुने वा नहुने स्पष्ट पारेको छैन । बीएमडब्लूले अहिलेको सेकेण्ड जेनेरेशन फ्युलसेल सिस्टम एक्स ५ क्रसओभरमा प्रयोग गरिरहेको छ ।
बीएमडब्लूले बनाएको यो नयाँ जेनरेशनको इन्जिन केही समय अगाडि भएको बीएमडब्लू र टोयोटा बीचको पार्टनरशिप पछि बनेको हो । अहिले पनि टोयोटा, हुन्डाइ र बीएमडब्लू जस्ता लिगेसी कम्पनीहरू हाइड्रोजन फ्युलशेल टेक्नलोजीमा लगानी गरिरहेका छन् ।


