काठमाडौं । एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता ब्लू कर्पोरेशनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ ।
कम्पनीले नजिकिँदै गरेको दशैं, तिहार लक्षित गर्दै ल्याएको यो अफरमा ग्राहकले न्यूनतम डाउन पेमेन्ट, विशेष छुट र विभिन्न उपहार पाउने भएका हुन् ।
कम्पनीका महाप्रबन्धक नवीन फुयाँलले फेस्टिभ अफर अन्तर्गत एलईभी खरिद गर्ने ग्राहकले विभिन्न छुट र बोनस गरी ८ लाख रुपैयाँसम्मको फाइदा पाउने बताए ।
फेस्टिभ अफरमा कम्पनीले १ लाखको नगद छुट, १ लाख रुपैयाँको एक्सचेञ्ज बोनस, निःशुल्क बीमा सुविधाको पनि प्रदान गरेको छ । साथै, गाडी किन्दा ग्राहकले १० किलो क्षमताको वाशिङ मेसिन निःशुल्क पाउने छन् भने जोडीले ५ रात ६ दिनको सिंगापुर र मलेसिया घुम्ने अवसर पाउने छन् ।

त्यस्तै, ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर ‘एलईभी ०१ घर लैजान सक्ने छन् । यो अफर सीमित अवधिसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।
९९ किलोवाट क्षमताको मोटर रहेको एलईभी ०१ मा ६७.१२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसलाई डीसी चार्जरको सहायताले ३५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको ग्राउण्ड क्लियरेन्स २१० एमएम छ ।

